मेची भन्सारबाट चिया निर्यातमा गिरावट

१८ जेष्ठ २०८१/झापा

लगातार दुई बर्ष देखि चिया निर्यात बृद्धि हुँदै आएको अवस्थामा यो बर्ष निर्यात घटेको छ । पूर्वी नेपालको मेचि भन्सार नाकाबाट यो बर्ष झण्डै १० महिनाको अवधिमा ३५ लाख केजी चिया कम निर्यात भएको छ ।

अघिल्लो बर्ष १० महिनाको अवधिमा १ करोड ४३ लाख केजी चिया निर्यात भएको थियो । यो बर्ष १ करोड ७ लाख केजी चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत गणपति कडेलले बताउनु भयो । कडेलका अनुसार १ अर्व ६३ करोड मुल्यको चिया १० महिनामा निर्यात भएकोमा यो बर्ष १ अर्व ३६ करोड मुल्यको मात्र चिया निर्यात भएको छ ।

मुल्यको आधारमा यो बर्ष ४८ करोड रुपयाँ बराबरको चिया निर्यातमा कमि आएको छ । पूर्वी नेपालको मेचीभन्सारबाट अघिल्लो बर्ष झण्डै ३ अर्व मुल्यको चिया निर्यात भएको थियो । तर समग्रमा यो बर्ष आयात भन्दा निर्यात बढेको मेची भन्सार कार्यालयले जनाएको छ । झापा जिल्लामा १० हजार ५ सय हेक्टरमा चिया खेती हुने चिया उत्पादन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एकीकृत समाजवादी सत्ता गठबन्धनमै रहन्छः प्रधानमन्त्री दाहाल
Next post १२ लाखको सुपारी सहित चालक र गाडी नियन्त्रणमा