सुपारीको अस्थायी बर्तनको बजार खस्किँदै

२७ साउन २०८१/बालदिवश तामाङ

सुपारीको पात अर्थात सुल्फाबाट बनाइने अस्थायी बर्तनको बजारमा गिरावट आएको छ । अघिल्ला बर्षहरुमा राम्रो विक्री भइरहेको थाल प्लेट, चम्चा, दुना टपरी लगायतको बजार पछिल्लो समय खस्किँदै गएको हो ।

दुई बर्ष अघिसम्म माग अनुसार सामान बनाएर दिन नै नभ्याउने अवस्थामा चलेका उद्योगहरु पछिल्लो समय खुम्चन थालेका छन् । आर्थिक तरलता र प्लाष्टिकजन्य सामानको प्रयोग बढेकाले गर्दा देश भर विक्री गर्दै आएको सुपारीको अस्थायी बर्तनको बजार पूर्वमा सिमित बनेको एडभान्स मल्टी प्रोडक्सन कम्पनिका संचालन यामप्रसाद निरौलाले बताउनु भयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ झापा मार्फत सुपारी जोन कार्याक्रमबाट यस अघि २ वटा उद्योगलाई २० लाख अनुदान उलपल्ध गराएको थियो । अनुदान पाएर बृहत उत्पादन थालेका उद्योगले देश बाहिरसम्म विक्री गर्न सफल भएको इकाइका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । तर पछिल्लो समय आर्थिक तरलताका कारण बजारमा सामान दिए पनि समयमा आर्थिक कारोवार भने हुन सकेको छैन ।

सुपारीको पातको खोस्टाबाट अस्थायी प्रकृतिका दुना टपरी वा वर्तन बनाउने उद्योग जिल्लामा ४ वटा संचालनमा रहेका छन् । गाउँघरमै उद्योग संचालनले रोजगारी समेत सृजना गरेको छ । खेर जाने सुपारीको पातबाट बनेको अस्थायी वर्तन वातावरण र स्वास्थ्य प्रतिकुल हुँदैनन् । तर बजारमा प्लाष्टिकका अस्थायी सामाग्री आयात नरोकिँदा स्थानीय उत्पादनले उचित बजार पाउन नसकेको उद्योगीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post लिटेरेरी भूटानको नयाँ समिति चयन (फाेटाे फिचर)
Next post बढी ब्याजको प्रलोभनले सहकारीमा समस्या: मेचीले १० कराेड बढी नाफा कमायाे