लिटेरेरी भूटानको नयाँ समिति चयन (फाेटाे फिचर)

२६ साउन २०८१/दमक, झापा
झापाको भूटानी शरणार्थी बस्ती भित्र पछिल्लो समय गठन भएको द लिटेररी सोसाइटी अफ भुटानको प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको बन्दसत्रले पुनः तिलक राईको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दिल भूटानी, सचिव विरेन मगर, कोषाध्यक्ष थिरु घिमिरे रहनु भएको छ । यस्तै सदस्यहरुमा अविलाल राई, गणेश धिमाल र मिरादेवी घिमिरे सर्वसम्मत्रुपमा चयन हुनु भएको छ ।
भुटानी नेता बलराम पौडेलको प्रमुख आथित्यमा उद्घाटन सत्र भएको कार्याक्रममा विभिन्न साहित्यसम्बन्धीका कार्याक्रम भएका छन् । तिलक राईको सभाध्यक्षतामा भएको कार्याक्रममा वेलडाँगी बस्तीका सचिव सन्चहाङ सुब्बा, पूर्व शिविर सचिव धनविर सुब्बा लगायतले भुटानी साहित्य विकासमा भएका र गर्नु पर्ने विषयमा चर्चा गरेका छन् ।


कार्याक्रमको बन्दसत्रमा सोसाइटीको विधान, आर्थिक प्रतिवेदन, नीति तथा कार्याक्रम समेत प्रस्तुत भएका छन् । यस्तै भुटान साहित्यको इतिहासबारे संंक्षिप्त इतिहास समेत प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाढी पहिराेमा परी १७० जनाकाे मृत्युः ४८ जना अझै वेपता
Next post सुपारीको अस्थायी बर्तनको बजार खस्किँदै