पथरी शिविरमा उदघोषण तालिम सम्पन्न

१ भदौ २०८१/पथरी (मोरङ)
झापाको भूटानी शरणार्थी बस्ती शनिश्चरे पथरीमा ५ दिने उदघोषण तालिम आज सम्पन्न भएको छ । भूटानी शरणार्थी महिला मञ्चको आयोजनामा भएको कार्याक्रममा प्रमुख अतिथि रहनु भएका बस्ती व्यवस्थापन समितिका सचिव कर्णबहादुर राईले तालिमले शिविरमा हुने कार्याक्रममा टेवा पुग्ने बताउनु भयो । उहाँले तालिम संचालनमा आर्थिक सहयोग गर्ने सिजल एण्ड सिस्टरलाई आभार समेत दिनु भयो ।
मञ्चकी प्रमुख संयोजक रिन्जिन डेमाको अध्यक्षतामा भएको कार्याक्रममा सहयोगी संस्था सिजल एण्ड सिस्टरका फिल्ड इन्चार्ज थिरप्रसाद घिमिरे, तालिमका प्रशिक्षक नेपाल टेलिभिजनका पत्रकार तथा नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामा, भूटनिज न्यूजका नेपाल प्रतिनिधि सुमन कुम्बाङ लगायतले बोल्नु भएको छ ।
महिला मञ्चकी महासचिव कर्णमाया राई र सामाजिक प्रमुख निरहाङ राईले संचालन गरेको कार्याक्रमा सहभागीलाई प्रमाण पत्र समेत प्रमुख अथिति तथा अतिथिको हातबाट वितरण गरिएको छ ।

यस्तै प्रशिक्षक डिकेश लामालाई सहभागीहरुको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको छ । तालिमका सहभागीको तर्फबाट बस्तीका सहसचिव सुनिता राई र सेक्टर हेड अर्जुन राईले तालिम फलदायी भएको र जिवनमा यसलाई कार्यन्वयन गर्ने बताउनु भयो ।  तालिममा शरणार्थी बस्ती र समूदायका अगुवाहरु सहित २८ जनाको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चियाको मुल्य बृद्धिले साना किसान उत्साहितः उत्पादन भने गिरावट
Next post हिमताल फुटेर थामेमा बाढी आएको पुष्टिः नाम्चेभन्दा माथिआवातजावत ठप्प