१० भदाै २०८१, रामेछाप–  रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ३ लेखर्कमा आइतबार  बिहान गएको  पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । बेपत्ता ४ जना मध्ये सोमबार दिउँसो पहिरोमा पुरिएको अवस्थामा थप १ जनाको शव फेला परेपछि मृतकको सङ्ख्या ७ पुगेको हो ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्ने क्रममा पहिरोले पुरेको अवस्थामा सोमबार दिउँसो स्थानीय ७५ बर्षकी पुड्की पहरीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रदीप कुमार सिंहले जानकारी दिनुभयो ।

पहिरोमा अझै ३ जना बेपत्ता छन् । पहिरोका कारण लेखर्कका ५९ परिवार विस्थापित भएका छन्  । विस्थापित परिवारलाई गाउँ नजिकैको कण्ठेश्वर माविको भवन र गाउँ पालिकाको खाली कोठाहरूमा राखिएको गाउँपालिकाले जनाएको छ ।

देशभर यस बर्ष झण्डै २ सय जनाकाे ज्यान गएकाे छ भने ५० बढी वेपता भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *