१० भदौ २०८१/झापा
कोशी प्रदेश सरकारले लामो समय देखि नविकरण नभएको उद्योगलाई कर छुट दिएकाले अघिल्लो बर्षको तुलनामा तेब्बर संख्यामा नविकरण भएका छन् ।
आर्थिक बर्ष २०७९/८० मा ६ सय २७ वटा उद्योग नविकरण भएकोमा कर छुट पछि १ हजार ७ सय ८ वटा उद्योग नविकरण भएका छन् । यस्तै बाणिज्य फर्म तर्फ ५ सय ८४ वटा नविकरण भएकोमा २ हजार २ सय ७९ वटा फर्मले नविकरण गरेको घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईले बताउनु भयो ।
उद्योग तथा बाणिज्य फर्म नविकरण संख्या झण्डै अघिल्लो बर्षको तुलनामा तेब्बर बृद्धि भए पछि राजश्व समेत २ करोड ६८ लाख ९० हजार संकलन भएको छ । जुन अघिल्लो बर्षको तुलनामा झण्डै ढेड करोड बढी भएको कार्यालयले जनाएको छ ।
