चिया मजदुरमाझ निशुल्क आयुर्वेद उपचार सेवा शुरू

१३ भदाै २०८१, झापा– झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानका श्रमिकलाई लक्षित गरेर बगानभित्रै गएर आर्युवेद स्वास्थ्य शिबिर शुरु भएको छ । प्रादेशिक आर्युवेद अस्पताल लखनपुर, लायन्स क्लव झापा दमक र बगानको संयुक्त आयोजनामा आज विहीबार देखि शिबिर शुरु भएको हो । आर्युवेद अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुर सहितको टोलीले विशेषज्ञ सेवा दिन थालिएकाे आयाेजक संस्था लायन्स क्लव अफ झापाका दमकका अध्यक्ष बिष्णुप्रसाद पोखरेलले जानकारी दिनु भयाे  ।

विहिबारमात्र १२५ भन्दा बढिले स्वास्थ्य जाँच गराएका छन् । निशुल्क स्वास्थ्य शिबिरमा केही आधारभूत औषधिहरु निशुल्क रुपमा बितरण गरिएको थियो । गम्भिर प्रकृतीका र थप उपचार आवश्यक पर्नेहरुको प्रादेशिक आर्युवेद अस्पतालमा उपचारका लागि ब्यवस्था मिलाईएको छ । आर्युवेद स्वास्थ्य शिविर पहिलो पटक भएको भन्दै विरामीहरुले खुशि प्रकट गरेका छन् । ३ सय ५० भन्दा बढि चिया श्रमिकहरूले स्वास्थ्य शिविरबाट लाभ लिने अपेक्षा लिईएको बगानका प्रमुख श्यामल सुब्बाले बताउनु भयाे ।

शुक्रबार पनि शिबिर सञ्चालन हुनेछ । विशेष गरेर पायल्स, फिस्टुला, फिसरको जाँच गरिएको थियो । डा.नुतन महतोका अनुसार अधिकाँश मजदुरहरुमा छाला सम्बन्धिको समस्या, ढाँड दुख्ने, घाँटीको गर्धन दुख्ने लगायतका समस्याहरु रहेको पाईएको छ । आर्युवेद अस्पतालका निमित्त प्रमुख डा.ठाकुरका अनुसार लायन्स क्लव अफ झापा दमकसंग समन्वय गरेर नियमित रुपमा स्वास्थ्य घुम्ति शिबिर र यस प्रकारका बृहत आर्युवेद स्वास्थ्य शिबिर गर्ने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्वदेशी बस्तुको प्रयोगबाट पूजा सामाग्री उत्पादनमा यूवाहरु सक्रीय बन्दै (फाेटाे फिचर)
Next post शरणार्थी बस्तीमा खानेपानी वितरणले सहजः अमेरिका पुगेका यूवाहरुको समूहबाट ५० लाख रुपयाँ सहयोग प्रदान