उपसभामुख रानाको राजीनामाको विषयले सदन तात्याे

२६ भदाै २०८१, काठमाडौँ– उपसभामुख इन्दिरा रानाको राजीनामा विषयले सदन र सदन बाहिर बहस तातिदै गएको छ ।

 नेकपा एमाले सांसदहरू उपसभामुख रानाको राजीनामाको विषय सदनमा उठाएको भोलिपल्ट नै सत्ताको अर्को घटक नेपाली काँग्रेसले पदाधिकारी बैठक बसेर उसभामुखको राजीनामा माग गरेको छ  । आज बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले औपचारिक रुपमै  उपसभामुखको राजीनामा माग गरेको हो । सभामुखलाई राजीनामा दिन मात्र भनेको छैन नदिए उपसभामुख हटाउने विधि प्रक्रियामा प्रवेश गर्ने चेतावनी समेत दिएको छ ।

यसै बीच प्रधान न्यायाधीश सिफारिस गर्न आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित गरिएको छ । बेलुका ५ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर शुक्रबारका लागि सारिएको छ । 

उपसभामुखको राजीनामाको विषयलाई भने उपसभामुखको राजनीतिक  दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने संवैधानिक परिषदमा सत्ता गठबन्धनको बहमुत पुर्याउनका लागि रचिएको तिकडम  रुपमा अर्थाएको  छ । रास्वपा पार्टी सचेतक सन्तोष परियारले संवैधानिक परिषद्मा बहुमत नपुगेको नाममा सत्ता गठबन्धनले उपसभामुख राना माथि अविश्वासको प्रस्ताव ल्याएर हटाउन खोजिएको धारणा राख्नु भएको छ  । ”उपसभामुख माथि महाभियोग प्रस्ताव लोकतन्त्रका लागि अमान्य छ । 

संवैधानिक परिषद्मा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रमाथि धावा नबोल्नुस्, लोकतन्त्रलाई यसरी मासिन्छ भने जनता सडकमा उत्रिनेछन्, रास्वपा सचेतक परियारको प्रतिनिधि सभाको बैठकमा बोलेका शब्दहरु हुन यी । रास्वपाको विरोध र उपसभामुखको बचाउमा माओवादी केन्द्रले पनि रास्वपालाई साथ दिएको छ । 

रास्वपा र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको विरोधका बीच पनि सत्ता पक्ष भने उपसभामुखको तत्कालन बहिर्गमनको मागमा टसमस छैन । उपसभामुखले राजीनामा नदिए उपसभामुख विरुद्ध महाअभियोगको लगाउने निश्कर्षमा सत्तारुढ दल पुगेको देखिन्छ ।

 यसैका लागि पनि सदनको दुई तिहाइ बहुमत आवश्यक पर्ने हुँदा दुई ठुला दलहरूले आफ्ना संसदहरुलाई राजधानी नछाडन आग्रह गरेको दलका नेताहरुले बताएका छन् । प्रकरण सार्वजनिक भएको केही महिना पछि आएर उपसभामुखको राजीनामाको विषयलाई उठाउनु संवैधानिक परिषदमा सत्ता पक्षको बहुमत पुर्याउनु मात्र नभइ देशको प्रतिष्ठाको विषय भएको सत्ता पक्षका नेताहरुको भनाइ छ । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा २ हेक्टर बढी जुट खेती विस्तार
Next post मुख्य सदरमुकाम जाने सडक नबन्दा समस्या (फाेटाे फिचर)