१४ कार्तिक २०८१, काठमाडौं– साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशले हात पारेकाे छ । काठमाण्डाैंकाे रंगशालामा भएको फाइनल खेलमा घरेलु टीम नेपाललाई २-१ ले हराउदै बंगलादेशले उपाधि हात पारेकाे हो ।

यो सँगै साफ फाइनलमा नेपाल छैटौं पटक स्तब्ध भएको छ । बंगलादेशले भने लगातार दोस्रो पटक नेपाललाई नै हराएर च्याम्पियन बन्यो। रोमाञ्चक फाइनलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलमा बंगलादेशले दोस्रो हाफको सुरवातमै अग्रता लिएको थियो।

मोनिका चक्काले ५२ औं मिनेटमा नेपाली डिफेन्डरको गल्तीमा गोल गरेकी थिईन् । लगत्तै नेपालले गोल फर्काएको थियो । नेपालका लागि अमिषा कार्कीले ५६ औं मिनेटमा प्रिति राइको पासलाई सदुपयोग गर्दै खेललाई १-१ को अवस्थामा ल्याएकी थिइन्।

बंगलादेशले खेलको ८१ औं मिनेटमा पुन अग्रता बनायो। बंगलादेशका लागि ऋतु पोर्ना चाक्माले डिबक्स बाहिरबाट गरेको उत्कष्ट प्रहार गोलमा परिणत भएको थियो। वंगादेशकाे दवाबमा रहेकाे खेलमा नेपालले केही राम्रा अवसरलाइ गाेलमा परिणत गर्न नसक्दा हार व्यहाेर्नु परेकाे छ ।

See Highlights

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *