भ्रष्टचारको अन्त्य नभइ देश विकास हुँदैनः पूर्व गृहमन्त्री श्रेष्ठ

१५ कार्तिक २०८१/झापा

नेकपा माओवादी केन्द्र पार्टीका उपाध्यक्ष तथा पूर्व गृह मन्त्री नारायण काजी श्रेष्ठले भ्रष्टचारको अन्त्य नगरेसम्म समृद्ध मुलुक निर्माण हुन नसक्ने बताउनु भएको छ ।

झापाको दमकमा शुभकामना आदान प्रदान कार्याक्रममा बोल्दै श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय स्थापनाका लागि आफू सरकारमा भएको वेला भ्रष्टचारमा जोडिएका ठूला नेतालाई समेत कार्वाही गरेको बताउनु भयो । माओवादी केन्द्रले सरकारमा रहँदा भ्रष्टचार अन्त्यका लागि कसैलाई पनि छुट हुँदैन भन्ने मान्यता स्थापना गरेको दावी गर्नु भयो । उहाँले माओवादीको सरकारले कानुनी कार्वाहीका लागि अगाडि बढाइएको ललिता निवास जग्गा प्रकरण लगायत समेत बर्तमान सरकारले वेवास्ता गरी बचाउन तिर लागेको छ । हालै आएर पार्टी कार्यालयसँग उल्टै सौदाबाजी गरेको उहाँको आरोप छ ।

माओवादी केन्द्र दमक नगर कमिटिले दमकमा १ लाख विरुवा रोपण कार्याक्रम सहयोगार्थ द्यौउसी भैला आज देखि शुरु गरेको छ । द्यौसी शुभारम्भ कार्याक्रममा कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङ्बो लगायत केन्द्रिय सदस्यहरुले देउसी भैलो खेल्दै शुभकामना समेत आदान प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post साफ वुमन्स च्याम्पियनसिपकाे उपाधी बंगलादेशले जित्यो
Next post स्थानीय र शरणार्थी सामुहिक तरकारी खेतीमा सफलता मिल्दैः बृहत योजना संचालन गर्न माग (फाेटाे फिचर)