१० जेष्ठ २०८२/झापा
झापाको मेची भन्सारबाट १० महिनाको अवधिमा ३  अर्व ६८ करोड मुल्यको चिया निर्यात भएको छ । जुन अघिल्लो बर्ष भन्दा ४६ दशमलम १ प्रतिशतले बृद्धि हो । गत बर्ष एकएक चियाको निर्यात घटेको थियो । तर यो बर्ष भने उल्लेख्य मात्रमा चिया निर्यात बृद्धि भएको मेची भन्सार कार्यालय झापाले जानकारी दिएको छ ।

चालु आर्थिक बर्षको वैशाख मसान्तसम्म १ करोड ३८ लाख केजी निर्यात भइसकेको छ । जुन अघिल्लो बर्ष भन्दा ३१ लाख केजी धेरै हुन आउँछ । अघिल्लो बर्ष १ करोड ७ लाख केजी अर्थात २ अर्व ५२ करोड मुल्यको चिया निर्यात भएको थियो ।
पूर्वी नेपालको दोस्रो ठूलो नाकाको रुपमा रहेको मेची भन्सारबाट इलाम, पाँचथर, धनकुटा र झापाका चिया भारत हुँदै तेस्रो मुुलुकसम्म निर्यात हुने गरेको छ । पछिल्लो समय खासगरी अर्थोडक्स प्ररिकारका चिया भने तेस्रो मुलुकमा माग बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *