२० जेष्ठ २०८२/झापा
गए राती झापामा करेन्ट लागेर एउटा जंगली हात्तीको मृत्यु भएको छ ।
कमल गाउँपालिका वडा नं. ३ को रतुवामाइ बृक्षारोपण आयोजनाको बन भित्र विधुतको पोलमा विधुत सर्ट भइ करिब ४५ बर्षको भाले हात्तीको मृत्यु भएको डिभिजन बन कार्यालय झापाका प्रमुख बन अधिकृत भरतबाबु श्रेष्ठले बताउनु भयो ।


श्रेष्ठका अनुसार विधुत प्राधिकरणको केही लापार्वाहीका कारण हात्तीको मृत्यु भएको हो ।
नयाँ विधुतको पोल विस्तार गर्न पुरानो काठको पोल नजिकै आल्मुनियमको पोल गाडिएको छ । जुन नयाँ पोललाई हात्तीले धक्का दिँदा विधुत सर्ट भएको हुन सक्ने हात्ती मरेको क्षेत्रमा पुगेका बन कर्मचारीले बताएका छन् ।
मृतक हात्तीलाई नजिकै खाल्डो खनेर पुरिएको छ । झापा जिल्लामा एक दशक यता झण्डै २ दर्जन हाराहारी जंगली हात्तीको मृत्यु भईसकेको बन कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *