२२ जेष्ठ २०८२/झापा
विश्व वातावरण दिवशको अवसरमा आज झापाका विभिन्न स्थानमा बृक्षारोपण तथा वितरणको कार्याक्रम गरिएको छ ।
१ दर्जन हाराहारी विधालय, टोल विकास संस्था, संघ संस्थामा विरुवा वितरणसँगै रोप्ने काम भएको छ । बढ्दै गएको जलवायु परिवर्तन असर कम गर्न केही पालिकाले समेत बृक्षारोपण गर्ने काम गरेका छन् ।


यस्तै नेकपा माओवादी केन्द्रको १ लाख फलफुलका विरुवा रोप्ने अभियानको दोस्रो चरणमा समेत आज झण्डै ५ हजार विरुवा वितरण तथा रोप्ने काम भएको दमक नगर कमिटिका अध्यक्ष रवि बस्नेतले बताउनु भयो । यसै गरी विर्तामोड क्षेत्रमा अखिल (क्रान्तिकारी) विर्तामोड नगर समितिको आयोजनामा पनि बृक्षारोपण कार्याक्रम भएको छ । समितिले विराट पोखरी परिसरमा बृक्षा रोपण गरेको हो । माओवादी केन्द्र जिल्ला संयोजक राजु आचार्य ‘अग्नि’ सहित अगुवा नेतृत्वको उपस्थितिमा विरुवा रोपिएको विधार्थी नेता नविन बस्नेतले जानकारी दिनु भयो ।


यसै गरी डिभिजन बन कार्यालय झापाले समेत आज २ प्रगति र चन्द्रगढी सामुदायिक बन, सडक किनारा र खुल्ला क्षेत्र गरी झण्डै ३ हजार विरुवा रोपेको छ । कुसुम, अमला, मधुकामिनी, कुलमोहर सिरीष, राजबृक्ष लगायतको विरुवा रोपिएको बन कार्यालयले जनाएको छ । झापा जिल्ला कुल क्षेत्रफल १ हजार ६ सय ६ वर्ग किलो मिटर मध्ये ११ प्रतिशत करिव १८ हजार हेक्टर मात्र जंगल क्षेत्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *