२७ जेष्ठ २०८२, झापा–  जातीय मुक्तीका लागि संघर्षकाे तयारी थालिएकाे छ ।  नेकपा (माओवादी केन्द्र) का  जातीय मोर्चाहरुको अागामी ३१ गते कमल गाउँपालिका वडा नं. ५ काे रिभरभ्यू पार्टी प्यालेसमा संयुक्त सम्मेलन उद्घाटन गर्दै  संवैधानिककाे धारामा टेकेर बन्ने कानुनका लागि ८ बर्षमा पनि उल्लेख्य उपलव्धी नभएकाले साे विरूद्ध संघर्ष गरिने जाती मुक्ती माेर्चाका नेताले बताएका छन् । जेठ ३१ गते हुने सम्मेलनमा  अध्यक्ष प्रचण्ड झापा आउन लागेको प्रेस सेन्टर नेपाल झापाद्वारा मङ्गलबार दमकमा आयोजित पत्रकार सम्मेलनमा  जानकारी दिइएको छ।

जेठ ३१ गते पाँच जातीय मोर्चाहरुको राष्ट्रीय सम्मेलनलाई पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको माओवादी केन्द्रका केन्द्रिय सदस्य साबित्रीकुमार काफ्ले (समर) ले जानकारी दिनु भयाे । प्रदेश मोर्चा फ्याक्सन इन्चार्ज हिमाल किराँती र धिमाल राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष तारिकलाल धिमालले सम्मेलनका बारेमा जानकारी गराउनु भएकाे छ ।

कोचिला राष्ट्रिय मुक्ति मोर्चा, धिमाल राष्ट्रिय मुक्ति मोर्चा, सन्थाल राष्ट्रिय मुक्ति मोर्चा, झागड राष्ट्रिय मुक्ति मोर्चा र मेचे राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रीय सम्मेलन दमकको रिभर भ्यु पार्टी प्यालेसमा गरिने कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्ष ममता राजबंशीले जानकारी बताउनु भयाे ।

प्रदेश १ लाई ऐतिहासिक पहिचान र सभ्यतामा आधारित ‘किरात लिम्बुवान कोचिला’ नामाकरणको माग गर्दै संयुक्त मोर्चाले आफ्ना गतिविधि अगाडि बढाइरहेको धिमाल राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष तारिकलाल धिमालले बताउनु भयाे ।

कार्यक्रममा सन्थाल राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष मोहन टुडु, झागड राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष रामलखन उराव, मेचे राष्ट्रिय मुक्ति मोर्चा नेपालका रुपेश मेचे, माओवादी केन्द्रका झापा इन्चार्ज रन्जित तामाङ, केन्द्रीय सदस्य बिरेन्द्र बस्नेतलगायतको उपस्थिति रहेको थियो । प्रेस सेन्टर नेपालका झापा पुष्प खड्काको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन सचिव प्रकाश उप्रेतीले गरेका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *