१४ असार २०८२/डिकेश लामा
विषादी रहित तरकारी उत्पादन गर्न कुन मल र विधि सफल हुन्छ भन्ने विषयमा अनुसन्धान थालिएको छ । झापाको गौरादह नगरपालिकाको नमूना एकिकृत खेतीमा कृषिका स्नातकोत्तर तहका विधार्थीले खेती गरेर अनुसन्धान थालेका हुन् । 
मुगु जिल्ला घर भई काठमाण्डौंको किर्तिपुर त्रिभुवन विश्वविद्यालयमा कृषि विषयमा स्नातकोत्तर गर्दै आउनु भएकी कुसुम बूढाले गौरादह कृषि क्याम्पसको विधार्थीका सहयोगमा नमूना खेतीको जमिनमा वैशाख मध्य देखि भेण्डी खेती थाल्नु भयो । तर उहाँले थालेको यो खेती सामान्य खेती मात्र नभइ कुन मल र विधिले विषादी रहित तरकारी उत्पादन गर्न सकिन्छ भन्ने अनुसन्धानात्मक खेती हो । बुढाका अनुसार याे खेतीमा माछा, कुखुराकाे अण्डा तथा अन्य घरमा पाइने सामाग्रीकाे मल र तथा विषादी बनाएर खेती गरिएकाे छ ।

शून्य लगानी प्राकृतिक कृषि विधि भनेर थालिएको अनुसन्धान असार महिनाको दोस्रो सातासम्म आइपुग्दा उत्पादन हुन थालेको छ । माछा, अण्डा तथा अन्य बस्तु विषेश मलको फरक फरक भागमा प्रयोग गरेर खेती गरिँदै आएको हो । जुन अनुसन्धान सफल भएमा किसानले समेत गर्न सक्नेछन् ।विधार्थीको सहयोगमा गरिएको अर्गानिक खेतीको अनुसन्धानले किसानलाई खेतीमा टेवा पुग्नेछ । यो प्राकृतिक बस्तुको प्रयोगबाट गरिएको खेती प्रणालीले माटो र पर्यावरण संरक्षणमा टेवा पुग्ने ८० विगाह क्षेत्रमा सामुहिक खेती तथा अनुसन्धान गर्दै आएको नमूना एकिकृत खेतीका अध्यक्ष वेदनीधि चापागाईंले बताउनु भयो । चापागाँइका अनुसार अन्य रासायनिक मल र विषादी प्रयाेग गरेकाे जतिकै उत्पादन भएकाले याे खेती विधी प्रभावकारी हुने छ । विधार्थीलाइ अनुसन्धान गराएर अाफूहरूले खेती गर्ने तरिका समेत सिक्ने अवसर पाएकाे उहाँले बताउनु भयाे ।

झापाको गौरादहमा पछिल्लो समय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद तथा गौरादह कृषि क्याम्पसले पालिकाको सहयोगमा तोरी, धान तथा तरकारीबालीमा अनुसन्धान गर्दै आएको छ । अनुसन्धानले माटोको अवस्था अनुसारको खेती प्रणाली र उत्पादन बृद्धिमा टेवा पुग्ने अनुसन्धानकर्ता तथा किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *