१५ असार २०८२/डिकेश लामा
झापाको अर्जुनधारा  र बुद्धशान्ति गाउँपालिका वडा नं. १ को सीमा क्षेत्रकाे विरीङ खाेलामा यो बर्ष कपर ड्याम अर्थात ठूल्ठूला ढुङा थुपारेर गर्ने विग बोल्डर प्रविधिको बाँध निर्माण गरिएको छ । जसका कारण त्यस क्षेत्रमा संचालित कराेडाैं रूपयाँ लगानीका खानेपानी देखि सिंचाई संचालनमा समेत ठूलो सहयोग पुगेको छ ।
केही बर्ष अघिसम्म खोला दोहनका कारण गहिरिएको विरीङ खोला यतिखेर ५ देखि १० फिट उचाईमा उक्सिएको छ । खोलाको सतह उस्किएसँगै पानी चलाउन समस्या भोग्दै आएका किसानलाई धेरै राहत भएको अर्जुनधारा नगरपालिका वडा नं. १ का उपभोक्ता मनोज खनालले बताउनु भयो । खनालका अनुसार कपर ड्यामले सिंचाइ, खानेपानी तथा खाेला नियन्त्रण समेत भएकाे बताउनु भयाे ।

हिउँदमा खोलाको वारपार भाग खनेर ठूल्ठुला ढुङ्गा गाडेर थुपारिए पछि बर्खामा आएको बाढीको कारण खोलको सतह माथि आएको हो । जसले गर्दा बर्षेनी सिंचाईको मुहान बनाउन लाग्ने ४ देखि ५ लाख रुपयाँ खर्च समेत बचत भएको साधुटार नेते सिस्ने जल उपभोक्ता समितिका अध्यक्ष रामबहादुर निरौलाले बताउनु भयो ।

संघीय सरकारको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाई विभाग माताहत झापा जिल्लामा नदि नियन्त्रणमा १६ बर्ष देखि काम गर्दै आएको जनताको तटबन्ध कार्याक्रमको कार्यालयले ६० लाख रुपायँ बजेट खर्च गरेर कपर ड्याम र खोला तटमा बाँध निर्माण गरेको छ । जसले गर्दा सो क्षेत्रमा खोला कटान नियन्त्रणसँगै अन्य धेरै पक्षमा सहयोग पुगेको कार्यालयका प्रमुख विजयकुमार रेग्मीले बताउनु भयो । उहाँका अनुसार एउटै ड्यामले ५ प्रकृतिकाे काम भएकाे छ ।

जिल्लामा रहेका मुख्य ७ वटा खोला तथा नदिको सतह बर्षेनी मापदण्ड विपरित गहिरो उत्खनन्का कारण गहिरिँदै गएको छ । जसले गर्दा करौडौ रकम खर्च गरेर बनाइएका सिंचाईको नहर तथा खानेपानीमा समस्या आएको वेला कपर ड्याम प्रविधिमा बनाइएको बाँध क्षेत्रमा भने टेवा मिलेको स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *