३०असार २०८२/झापा

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको भ्रमणमा मान्छे छाडेको भनी हल्ला आएकाे प्रति खण्डन गर्नु भएको छ ।  आइतबार उहाँको गृह नगर दमक नगरपालिकाको मदनडाँगी–ताराबारी–डिपु सडक उद्घाटन कार्यक्रममा बोल्दै प्रम ओलीले स्पेनमा कुनै पनि मान्छे नछाडिएको दावी गर्नु भयो ।
उहाँले प्रतिपक्षीमा रहेकाहरुले घटिया राजनीति गरेको र यसको जवाफ आफूले नदिने समेत बताउनु भयो ।
यस्तै प्रधानमन्त्री ओलीले अवको १० बर्षमा गरीबी समेत हटाउने दावी गर्नु भयो । उहाँले आफ्नो इच्छा शक्तिमा निर्माण भएको दमक भ्यूटावरमा अव नयाँ शहर निर्माण गर्ने समेत बताउनु भयो ।आइतबार प्रधानमन्त्री ओलीले उहाँको गृह नगर दमकमा देशमै पहिलो पटक नेपाल शासकीय तथा पूर्वाधार आयोजना मार्फत ४४ करोड २४ लाख बजेटमा ४ दशमलव ८६ किलो मिटरको फुटपाथ तथा सडक बत्ती सहितको १५ मिटर चाैडा सडकको उद्घाटन गर्नु भएको हो । विश्व बैंकको झण्डै २० अर्व रुपयाँ ऋणमा यस्ता योजना अन्य २१ वटा पालिकामा संचालन भइरहेका छन् ।

शनिबार देखि पूर्वी नेपाल झापा र इलाम जिल्लाका विभिन्न कार्यक्रममा रहनु भएका प्रधानमन्त्री ओलीले आइतबार नै बहुप्रतिक्षित हुकाली सडकमा ढेड दशक अघि निर्माण थालिएको पुलको उदघाटन समेत गर्नु भएको छ ।
उहाँको निर्वाचन क्षेत्रमा पर्ने उक्त पुल खोला भन्दा छोटो भए पछि प्रयोगमा आउन सकेको थिएन । ३ बर्ष अघि २२ करोडमा पुनः ठेक्का लगाई पूर्व पश्चिम तर्फ पुल थप गरे पछि बल्ल पुल संचालनमा आएको हो । १७ बर्ष पछि बल्ल हुलाकी सडक अन्तर्गत रतुवा खाेलाकाे पुल उद्घाटन भएकाे छ । तर यता कन्काइ नदिकाे पुल अलपत्र परेकाले अझै झापा खण्डमा हुलाकी सडक संचालन अाउन सकेकाे छैन । बर्षातमा यातायात संचालन हुन नसक्दा डुङ्गाकाे भरमा यात्रुले नदि वारपार गर्नु पर्ने बाध्यता रहेकाे साे क्षेत्रका अगुवा इश्वर माझीले बताउनु भयाे ।
भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।
https://www.youtube.com/watch?v=0N-F4TR3hwQ

Leave a Reply

Your email address will not be published. Required fields are marked *