१७ साउन २०८२, सारासन्देश समाचार
नेपाली भाषी भुटानी कलाकार तथा मार्शालाट खेलाडी विनोद मगरलाई शोक परेको छ । उहाँको माइला दाजु लामो समय भूटानी शरणार्थी शिविरमा सामाजिक काममा खट्नु भएका चन्द्र मगरको शुक्रबार साँझ मृत्यु भएको छ । भूटानी शरणार्थी शिविर वेलडाँगी २ सेक्टर सीको सेक्टर हेटको रुपमा लामो समय काम गर्नु भएका मगर ११ बर्ष अघि सन् २०१४ सालमा अमेरिका पुनर्वास हुनु भएको थियो ।


उहाँको अमेरिकाको समय अनुसार शुक्रबार साढे ८ बजे तिर कामबाट फर्केर घरमा आइ खाना खाए पछि एक्कासी विरामी हुनु भएको परिवारले जानकारी दिएको छ ।
परिवारका अनुसार सुगर र प्रेसर रोगबाट पीडित रहनु भएको माइला दाजुको ४८ बर्षको उमेरमै निधन हुँदा परिवारमा ठूलो चोट पुगेको बताइएको छ ।

अमेरिकाको जर्जिया बस्दै आउनु भएका चन्द्र मगरको एक छोरा र एक छोरी रहेका छन् । उहाँका ४ दाजुभाइ मध्ये माइला भाइको रुपमा भूटानमा जन्मनु भई लामो समय बेलडाँगी शरणार्थी शिविरमा समाजसेवीको रुपमा कार्य गरी अमेरिका पूनर्वास हुनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *