२२ साउन २०८२/झापा
पूर्वी नेपालको दोस्रो ठूलो नाकाको रुपमा रहेको झापाको मेची भन्सारबाट २५ अर्व १३ करोड मुल्यको बस्तु निर्यात भएको छ । आर्थिक बर्ष २०८१/८२ मा अघिल्लो बर्षको तुलनामा २ दशमलव ९६ प्रतिशत बढी मुल्यको सामान निर्यात भएको छ । जुन मुल्यको हिसावमा ७२ करोड २७ लाख हुन आउँछ । आर्थिक बर्ष २०८०/८१ मा २४ अर्व ४१ करोड मुल्य बराबरको सामान निर्यात भएको थियो ।

गत बर्ष सवै भन्दा धेरै चिया, भेनियर सीट र मोलासिसको निर्यात बढेको मेची भन्सार कार्यालयले जनाएको छ । चिया मात्रै गत बर्ष ४ अर्व २१ करोड मुल्यको निर्यात भएको छ । मेची भन्सारको बाटो भएर पूर्वी नेपालमा उत्पादन भएको चिया, अम्रिसो कुचो, छुर्पी, अलैंची, भेनियर सीट, अदुवा सुठो लगायतका कृषि बस्तुहरु निर्यात हुँदै आएको छ ।
