२३ साउन २०८२/झापा
झापाको कन्काइ नदिले बगाएर आज एक जना बेपत्ता भएका छन् । कन्काई नदिको आएको बाढीमा दाउरा निकाल्नेक्रममा ६० बर्षीय चन्द्रबहादुर विक वेपत्ता भएका हुन् । कन्काइ नगरपालिका वडा नं. ५ बस्ने विकले टेक्रा भन्ने स्थानमा बाढीमा दाउरा निकाल्दै गर्दा वेपत्ता भएका हुन् ।

साढे ११ बजे तिर नदिमा आएको बाढीमा दाउरा निकाल्दै गर्दा बगाएको भन्ने खबर पाउन साथ खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायब उपरिक्षक खगेन्द्रबहादुर खड्का बताउनु भयो । खड्काका अनुसार यो बर्षको मनसुन सुरु भएको जेष्ठ महिना यता मात्र खोला तथा नदिमा डुवेर र बगाएर गरी १४ जनाको मृत्यु भईसकेको छ ।
