नेपाल सरदर दैनिक ७ जनाको ज्यान दुघर्टनाबाट जाने गरेको छ 

३ भदौ २०८२/झापा
झापामा मंगलबार छुटाटुटै स्थानमा मोटर साईकल दुघर्टनामा पर्दा २ जनाको ज्यान गएको छ । मंगलबार विहान ८ बजे तिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमकको पशुहाटमा बन्दकोपी बोकेको प्र.१–०२–००२ ख ०९१२ नम्बरको पूर्वबाट पश्चिम तर्फ आइरहेको ट्रकले विपरित दिशाबाट आएको प्र १–०१–०१२ प ९३१२ नम्बरको मोटर साइलकलाई ठक्कर दिँदा मोटर साइकलमा सवार ४२ बर्षीय मुना गौतम्को घटना स्थलमा मृत्यु भएको छ । मोटर साइकल चालक मृतकका श्रीमान सुकदेव गौतमको भने खुट्टामा सामान्य चोटमात्र लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


यसैगरी मंगलबार नै मेचि राजमार्ग अन्तर्गत झापाको बुधबारेमा बीआर ५५८५०० नम्बरको भारतीय स्कारपीयो गाडीले विपरित दिशा इलाम तर्फ जाँदै गरेको प्र. १–०१–०१६ प ३६६१ नम्बरको मोटर साइकललाई ठक्कार दिँदा बुद्धशान्ति गाउँपालिका वडा नं. १ बस्ने ४६ बर्षीय ठाकुर अधिकारीको मृत्यु भएको छ । ठाकुरको बीएनसी अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो ।

गत आर्थिक बर्षमा झापामा मात्र सडक दुघर्टनाबाट ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनु भयो । २ बर्ष अघि १ सय १२ जनाको ज्यान गएको थियो । पौडेलका अनुसार सडक दुघर्टना न्यूनिकरणका लागि मादक पदार्थ सेवन देखि लागु औषध सेवन समेतको जाँचलाई प्राथमिकता दिइएको छ । प्रहरीले दिएको विवरण अनुसार १० बर्षमा नेपालमा विभिन्न खाले सडक दुघर्टनामा परेर २४ हजार ९५ जनाले ज्यान गुमाएका छन् । जुन दैनिक हिसाबमा रुपान्तरण गर्ने हो भने नेपालमा सरदर ७ जनाले ज्यान गुमाउने गरेका छन् । विगत १० बर्षको अवधिमा साना ठूला गरी २ लाख ६० हजार वटा दुघर्टना भएको नेपाल प्रहरीको तथ्याङक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *