५ भदौ २०८२/ झापा
केही दिन अघि विशेष अदालतले दोषी ठहर गर्दै १ बर्ष जेल र २० लाख रुपयाँ जरिवानाको फैसला विरुद्ध सर्वोच्च अदालत जाने भएका छन् । विहिबार पत्रकार सम्मेलन गर्दै आफू जस्तै अन्य धेरैलाई सफाइ दिएकोमा आफू अन्यायमा परेको भन्दै माओवादी केन्द्रका प्रदेश नम्बर एकका कोषाध्यक्ष समेत रहनुको पुरी संविधानिक अधिकारको प्रयोग गर्दै ३५ दिन भित्र सर्वोच्च अदालतमा जान पाउने कानुन अनुसार आफू अदातल जाने उहाँले बताउनु भयो । पुरीले अहिलेको फैसलाले २ सय जनाको मात्र नभइ दमकमा मात्र ३ हजार बढीको धनीपूर्जा बदर भइसकेको समेत दावी गर्नु भयो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको गत साउन महिनामा गरेको  इजलासले पुरीलाई दोषी  ठहर गरेको हो । यस्तै  अरू आरोपितहरूको जग्गा समेत जफत हुने ठहर भएको छ ।

झापाको दमक नगरपालिका साबिक वडा नं १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियालाई मुद्दा दायर गरेको थियो ।  पुरी सहित अन्य ९ जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *