२४ भदौ २०८२, काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्।

मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन्। रवि लामिछाने जेलबाट निस्केपछि भाषण गरिरहेको भिडिओ सामाजिक सञ्जालमा रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले राख्नु भएको छ ।

लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा थिए। नख्खु जेलका प्रमुख सत्यराज जोशीका अनुसार प्रदर्शनकारीहरूले ढुंगा मुढा गरेका पछि अन्य कैदीको सुरक्षाका लागि लामिछानेलाई छाडिदिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *