२४ भदौ २०८२/डिकेश लामा
जेनजीको दोस्रो दिनको आन्दोलनल झापामा निषेधाज्ञा तोड्दै पार्टी कार्यालय देखि नगरपालिकाका भवनहरुमा आगजनी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा रहेको घरमा समेत आगलागी भएको छ । यस्तै दमकमा रहेको भौतिक तथा यातायत मन्त्री देवेन्द्र दाहालको घर समेत आगजनी गरिएको छ । यस्तै संघीय सांसद विश्वप्रकाश शर्माको घरमा समेत तोडफोड गरी घरको सामान बाहिर निकालेर आगजानी गरेको छ । कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको घरमा समेत आगजनी भएको छ । यता मेचिनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीको घरमा समेत तोडफोड गरी आगजनी गरिएको छ । जिल्ला ट्राफिक कार्यालयमा समेत तोडफोड भएको छ । जिल्ला प्रहरी कार्यालय बाहेक सवैजसो तोडफोड भएको छ ।
जिल्लामा दिनभर तनाव ग्रस्त बन्यो । आन्दोलनकारीले सरकारी कार्यालय र नेताका घर माथि निशाना बनाएका छन् । झापाको सो तोडफोडको क्रममा प्रहरीले हवाइ फायर समेत गरेका छन् । फायरबाट दुई जना घाईते भएका छन् । दुईजनाको स्थानीय बीएनसी अस्पतालमा उपचार भईरहेको छ । प्रहरी अति सयंमित भएका कारण दोहोरो हानाहान भने खासै भएको छैन । तथापि आन्दोलनकारीले आक्रमण गर्दा केही प्रहरी भने घाईते भएका छन् । आन्दोलनमा कतै पनि मानवीय क्षति भने नभएको जिल्ला नभएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी तेजप्रकाश प्रसार्इंले बताउनु भयो ।


प्रसाईंका अनुसार अधिकांश पालिकाका कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ । यस बाहेक नेकपा एमाले र काँग्रेशका अधिकांश नेताका घरमा क्षति गरिएको छ । अपरान्ह समयमा दमकमा पूर्व प्रमुख रोमनाथ ओली, बर्तमान प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईं लगायतको घरमा समेत क्षति पुर्याइएको छ ।
तर जिल्लामा मानवीय क्षति हुने गरी फायर भने गर्ने आदेश नदिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसले गर्दा जिल्लाको मुख्य प्रहरी कार्यालय बाहेक धेरै जसो कार्यालयका प्रहरी माथि आन्दोलनकारी हस्तक्षेप समेत गरेको छ ।
प्रम ओलीको गृहनगरमा जेनजीको आन्दोलन सत्तासीन राजनैतिक दलको घर र सार्वजनिक सरकारी कार्यालय तोडफोड र आगजनीमा केन्द्रित रहेको छ । दमकमा रहेको भ्यूटावरमा समेत आगजनी गरिएको छ । यस्तै प्रदेशसभा सांसद होमबहादुर थापा, नेकपा माओवादी पार्टीका नेता गगन पुरी लगायतको घरमा समेत आगजनी गरिएको छ । यस्तै जिल्लाका सवै पार्टी कार्यालयमा तोडफोड तथा आगजनी भएको छ । दमकमा रहेको माओवादी केन्द्र पार्टीको नगर कार्यालयमा पनि आगजनी भएको छ ।
यस्तै नेपाली काँग्रेश र एमालेको कार्यालयमा समेत तोडफोड र आगजनी भएको छ । हिजो सोमबार १९ जनाको ज्यान जाने गरी सरकारले दमन गरेको भन्दै आज देशभर व्यापक तोडफोड र आगजनी भएका छन् ।


देशका मन्त्रालय देखि अन्य सम्पदामा ठूलो क्षति भएकाले नागरिका आवश्यक विवरण समेत हराउने जोखिम बढेर गएको छ । नेपाली सेना, पूर्व प्रमुख न्यायधिस शुशिला कार्की, स्वतन्त्र नेतृत्व बालेन्द्र शाह, हर्क साम्पाङ, कलाकार, सामाजिक अभियान्ताहरुले सवैले संयमता अपनाउँदै तोडफोड बन्द गर्न आग्रह गरेका छन् ।
रातको समयमा सार्वजनिक तथा नीति व्यक्तिको सम्पति माथि पनि आक्रमण तथा लुटपाट हुन थालेको भन्दै राती सवैलाई त्यस्तो कार्य नगर्न आग्रह गरेको छ । त्यस्तो कार्य गरेको पाइएमा कार्वाही समेत गर्न नेपाली सेनालाई तैथान हुन विज्ञप्ती समेत जारी गरिसकिएको छ ।

खोसेको हतियार सेनालाई बुझाइयो

जेनजीले प्रहरीबाट खोसेको ४२ थान विभिन्न प्रकारका बन्दुक र ३ सय ७५ थान गोली मानव अधिकार, रेडक्रस र स्थानीय बासिन्दाको रोहबरमा नेपाली सेना अरिदमन गणका सेनानी दिपेन्द्र बूढालाई बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *