२२ मंसिर २०८२/झापा
लुपर क्याटरपिलर नामक किराको आक्रमणले गर्दा झापामा चिया उत्पादनमा ह्रास आएको छ । जिल्लामा २ करोड केजी सिटीसी चिया उत्पादन हुँदै आएको छ । तर रोगका कारण २० प्रतिशत चिया उत्पादन कम भएको नेपाल चिया उत्पादन संघले जानकारी दिएको छ ।
लुपर क्याटरपिलर रोग एक प्रकारको किराबाट पातमा आक्रमण गरी क्षति गर्ने रोग हो । यो रोग झापामा यो बर्ष महामारीको रुपमा फैलिएको राष्ट्रिय चिया तथा कफि विकास बोर्डका प्राविधिक अनन्त ढुङगानाले बताउनु भयो ।
लुपर क्याटरपिलर रोग एक प्रकारको किराबाट पातमा आक्रमण गरी क्षति गर्ने रोग हो । यो रोग झापामा यो बर्ष महामारीको रुपमा फैलिएको राष्ट्रिय चिया तथा कफि विकास बोर्डका प्राविधिक अनन्त ढुङगानाले बताउनु भयो ।

चियाको उत्पादन घटेसँगै यो बर्ष पहिलो चौमासिकमा ३७ दशमलव शून्य ७ प्रतिशत निर्यात घटेको छ । यो बर्ष नेपालको पूर्वी नाका मेची भन्सारबाट ४६ लाख केजी १ अर्व ३७ करोड मुल्यको चिया निर्यात भएको छ । अघिल्लो आर्थिक बर्षको कार्तिक महिनासम्म ८० लाख केजी २ अर्व २० करोड मुल्यको चिया निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।