२४ मंसिर २०८२/झापा

झापाको भूटानी शरणार्थीहरुले आफूहरुका लागि मानव अधिकार नारामा मात्र सिमित रहेको बताएका छन् । ७७ आंै अन्तराष्ट्रिय विश्व मानब अधिकार दिवशको अवसरमा आज बेलडाँगी शरणार्थी बस्तीमा शरणार्थीले गरेको कार्याक्रममा उनीहरुले आफूहरुको घर फिर्ती मुद्धा र परिचय समेत नपाएको अवस्थामा मानव अधिकार पाउन नसकेको गुनासो पोखेका छन् ।

कार्याक्रममा नेपाल मानव अधिकार संगठनका केन्द्रिय उपाध्यक्ष डा. केपी सुवेदीले भुटानी शरणार्थीहरु लामो समय देखि प्रवासमा कष्टकर जिवन विताईरहेकाले भुटानी राजासंस्थाले आफ्नो घर फर्कन चाहानेलाई तत्काल फिर्ता लगेर मानव अधिकारको सम्मान गर्न आग्रह समेत गर्नु भएको छ ।

यस्तै आज विश्व मानव अधिकार दिवशको अवसरमा प्रधानमन्त्री शुशिला कार्की र सँयुक्त राष्ट्र संघीय उच्च निकायका नेपाल प्रतिनिधि मोनिक सोखानलाई सम्बोधन गर्दै शरणार्थीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्न माग गरिएको छ । भूटान स्वतन्त्र जनमंच र राष्ट्रिय मेलमिलाप समिति भूटानले सँयुक्त ज्ञापन पत्र इमेल मार्फत पठाएर आफ्नो मुद्धाबारे ध्यानाकर्षण गरिएको मंचका महासचिव धनविर सुब्बाले बताउनु भयो ।

भूटानी शरणार्थीले मानव अधिकारको रक्षा र सम्मान सवैका लागि हुनु पर्ने भन्दै र्याली सहित नाराबाजी समेत गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *