१४६ जना शसस्त्र प्रहरी दिक्षितः प्रहरीले देखाए तालिमका कला (फोटो फिचर)
२४ चैत्र २०७९/सारासन्देश समाचार
यस बर्ष थप १ सय ४६ जना नव शसस्त्र प्रहरी जवानलाई आज एक कार्याक्रमबीच दिक्षित गराइएको छ । झापाको कमल गाउँपालिका वडा नं. ५ मा संघीय संरचना अनुसार स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालयबाट सिं सं. २३५ “क” र “ख” बाट ७७ र ६९ जना नव जवानलाई दिक्षित गरिएको हो ।
कार्यक्रममा शसस्त्र प्रहरी वल सीमा सुरक्षा विभागका प्रमुख तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालले दिक्षित भएका जवानलाई देश र जनताका लागि जस्तो सुकै परिस्थितिमा डटेर काम गर्न समेत निर्देशन दिनु भएको छ । दाहालका अनुसार तालिम गर्दा गल्ति गर्दै सिके पनि अव देशको जिम्मेवारी वोकेर अगाडि बढ्दा कुनै पनि गल्ति गर्न नहुने बताउनु भयो । यस्तै उहाँले देशको सिमा सुरक्षा देखि देशको सार्वभौम रक्षाका लागि सँधै सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो ।
कार्याक्रममा उत्कृष्ट जवानलाई पुरस्कृत समेत गरिएको शिक्षालयका प्रमुख सशस्त्र प्रहरी उपरक्षिक रमेश पाण्डेले बताउनु भयो । कार्यक्रममा सशस्त्र प्रहरीले तालिममा उपलव्धी गरेका कला कौशल समेत प्रदर्शन गरिएको छ । दिक्षित भएका जवानलाई आफ्ना आफन्तले समेत अवीर, टिका र माला लगाएर शुमकामना दिएका छन् । कार्याक्रममा सशस्त्र प्रहरीले नृत्य तथा अन्य प्रस्तुती समेत प्रर्दशन गरेका छन् । कार्याक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, झापा तथा इलामका विभिन्न पालिकाका प्रमुख तथा अध्यक्ष, सामाजिक अगुवा, जिल्ला स्तरीय विभिन्न संगठनका प्रमुखहरु र दिक्षित भएका जवानहरुको अभिभावको बाक्लो उपस्थिति रहेको थियो ।