शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न कारागार चलान

१ असार २०८०,काठमाडौँ– शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडाैँले प्रकरणमा सम्लग्न १६ जना आरोपितलाई थुनामै राखेर अनुसन्धानमा अघि बढाउन आदेश दिएको छ ।

दुई साता लामो थुनछेक बहसपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई जनालाई धरौटीमा छाड्न र बाँकी १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकाे हाे । अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत बाँकी १६ जनालाई अनुसन्धानका लागि केन्द्रीय कारागार सुन्धारा पठाउन आदेश दिएको छ । यस्तै आरोपित टंककुमार गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख धरौटीमा छाड्न अदालतले भनेको छ । घटनामा सलग्न १८ जनामाथि २१ जेठदेखि सुरु भएको बहस आजै सकिएसँग अदालतले यस्तो आदेश गरेको हो ।

यसैबीच यता नक्कली शरणार्थी प्रकरणमा जोडिएका एमाले नेता टोपबहादुर रायमाझीको सांसद पद स्वत: निलम्बन भएको छ । काठमाडौं जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेसँगै रामयमाझी सांसदबाट निलम्बित भएका हुन् ।रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा सांसद निलम्बनमा पर्ने प्रावधान छ । अब अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उहाँले सांसदको हैसियतमा कुनै गतिविधि गर्ने पाउनु हुने छैन  । यस्तै निलम्बित अवधिको पारिश्रमिक र अन्य सेवा सुविधासमेत उपलव्ध हुने छैन ।  संसद्को यो कार्यकालभित्र मुद्दाको अन्तिम फैसला भएर उनी दोषी ठहर भए उनको पदै जान्छ र उनी निर्वाचित क्षेत्रमा उपनिर्वाचन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नक्कली शरणार्थी प्रकरणकाे थुनछेक बहस सकियोः जनचासाे उच्च कस्ताे हाेला सजाय
Next post नेपालमा पनि देखा पर्याे एमपक्स भाइरसः हालसम्म विश्वमा ११२ काे मृत्यु