नक्कली शरणार्थी प्रकरणकाे थुनछेक बहस सकियोः जनचासाे उच्च कस्ताे हाेला सजाय

१ असार २०८०,काठमाडौँ – नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरुको थुनछेक बहस आज सकिएको छ । काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलहरूले शुक्रबार जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो । अभियुक्तहरुलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि छोड्ने भन्नेबारे शुक्रबारै अदालतले आदेश गर्ने भएको छ । शुक्रबार सरकारी वकिलहरूले राज्यविरुद्धको अपराधका अभियुक्तहरू भएकाले उनीहरूलाई छोड्दा प्रमाण नष्ट गर्ने सम्भावना भएकाले थुनामै राखेर थप अनुसन्धान अघि बढाउनुपर्ने माग इजलाससमक्ष राखेका छन् । प्रहरीले यो प्रकरणमा ३० जनाविरुद्ध मुद्दा चलाएको छ । त्यसमध्ये १८ जना प्रहरी हिरासतमै छन् ।

यता लामाे समय देखि खाटी भुटानी शरणार्थीहरू गणना छुटेर दर्ता छुटेकाहरूले भने नक्कली भुटानी बनाउने माथि कस्ताे कार्वाही हुन्छ भन्ने चासाेका साथ हेरेका छन् । १ दिन अघिमात्र नक्कली भूटानी काण्डमा मुछिएकालाइ कडा कार्वाहीकाे माग राख्दै सडकमा उत्रिएकालाइ प्रहरीले नियन्त्रण लिने कार्य समेत गरेकाे छ । त्यसले गर्दा अाज अदालतले पक्राउ परेकाहरू छुट्छनकी कस्ताे सजास हुन्छ भन्ने जन चासाे उच्च रहेकाे छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित हाइप्रोफाइल नेता र कर्मचारी मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझैँ फरार रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अटिजमका लागि दमकमा पूनस्थर्पना केन्द्र संचालनमा
Next post शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न कारागार चलान