दमकमा सुजुकीको सो रुम संचालनमा

११ भदौ २०८०/झापा
झापाको दमक वडा नं. ३ का युवा दिपक भट्टराईले दमकमा आज देखि औपचारिकरुपमा सुजुकी व्राण्डका मोटरसाईकल सो रुम संचालनमा ल्याउनु भएको छ । यस अघि नै इटहरीमा सो रुम संचालन गर्दै आउनु भएका भट्टराईले स्वदेशमै रोजगारी गर्ने ध्येयले मोटर साइकलको सोरुम संचालनमा ल्याएको बताउनु भयो ।
पूर्वी नेपालको झापामा डिलरको अभाव रहेको अवस्थालाई परिपूर्ति गर्न दमकको क्याम्पस मोड रोडमा सोरुम संचालन गर्न थालिएको उहाँले बताउनु भयो । सुजुकी ब्राण्डको मोटर साइकल विक्री केन्द्रको रुपमा झापामा अभाव रहेकाले विर्तामोड पछि दमकमा सो रुम स्थापना गरेको बताउनु भयो । दमकमा इटहरीको शाखा संचालनमा ल्याएसँगै ६ जना यूवाहरुले रोजगारी समेत पाएका छन् ।
दमकमा यस बाहेक यामाह, टीभीस, होण्डा र बजाज कम्पनिका सो रुमहरु संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मेची भन्सार नाकाबाट नेपाली कृषि बस्तुको निर्यात बढ्दैः झण्डै २२ अर्व मुल्यकाे मुख्य १० कृषि बस्तु निर्यात
Next post सुकेडाँगीमा सिमसारः रिचार्ज पोखरीले पर्यावरणसँगै पर्यटनको विकास (फाेटाे फिचर)