सुकेडाँगीमा सिमसारः रिचार्ज पोखरीले पर्यावरणसँगै पर्यटनको विकास (फाेटाे फिचर)

१२ भदौ २०८०/डिकेश लामा

सरकारको सहयोग पाए पछि बन क्षेत्रको पानीको मुहान संरक्षणले पर्यटकीय स्थलको समेत काम गर्न थालेको छ । झापाका सिमसार क्षेत्रहरुमा बाँध निर्माण गरेर बनाइएका पोखरीहरुले पर्यावरणको संरक्षणसँगै पर्यटकको ध्यान समेत तान्न थालेको छ । रिचार्ज पोखरी अर्थात पोखरी निर्माण पछि अन्य क्षेत्रमा समेत पानीको स्रोत बृद्धि गर्ने प्राकृतिक विधी हो । केही बर्ष अघिसम्म यस क्षेत्रमा यस्तो पोखरी थिएन । तर अहिले झण्डै ५ विगाह क्षेत्रमा पोखरी निर्माण भएको छ । सिमसार क्षेत्रलाई बाँध निर्माण गरी पोखरी निर्माण भए पछि बनका सुख्खा क्षेत्रमा समेत पानीको सहजता हुन थालेको जुकेखाडी सामुदायिक बन उपभोक्ता समितिका उपाध्यक्ष शुकराज दुलाल (दिपक)ले बताउनु भयो ।
पोखरी निर्माणले माथिल्लो क्षेत्रका ट्युवेल धारामा समेत पानीको स्रोत नसुकेको बताउनु भयो । दुलालका अनुसार झण्डै हालसम्म विभिन्न आर्थिक बर्षमा सरकार र सामुदायिक बनको लगानीमा झण्डै २ करोड हाराहारी खर्चमा पुतली बगैंचा, पोखरी निर्माण, कैदले पर्यटन क्षेत्रमा भूटानी शरणार्थी स्मृति पार्क, चिल्डे«न पार्क लगायतका पर्यटनका केन्द्रहरु निर्माण भएका छन् ।

संघीयता कार्यान्वयनसँगै झापा जिल्लामा सिमसार संरक्षणमा सरकारले दर्जन बढी क्षेत्रमा ताल तथा पोखरी निर्माण गर्न सहयोग गरेको छ । केही बर्ष अघि देखि निर्माण थालेका त्यस्ता सिमसार क्षेत्र पछिल्लो समय पर्यटकको रोजाइमा समेत पर्न थालेका छन् । केही बर्ष यता पर्यटक समेत आउनेक्रम बढेको स्थानीय जेष्ठ नागरिक मनबहादुर कटुवालले बताउनु भयो । कटुवालका अनुसार पछिल्लो समय मानिसहरु आउने घुम्ने कार्य समेत बढेको छ । यस्तै अर्का स्थानीय बासिन्दा लोकनाथ नेपालका अनुसार पहिले शरणार्थी शिविरमा वसेका भूटानीहरु समेत तेस्रो मुलुकबाट आउने गरेका छन् ।

लामो समयसम्म भूटानी शरणार्थीको बसोबास रहेको जुकेखाडी सामदायिक बनको खुदुनाबारी क्षेत्रमा सिमसार संरक्षणसँगै भूटानी शरणार्थीको स्मृतिमा पार्क समेत बनाइएको छ । भूटानीले छाडे पछि ओझेलमा परेको जुकेखाडी सामुदायिक बनमा पछिल्लो समय पर्यटकहरु आउन थाले पछि आम्दानी समेत हुन थालेको छ । बनका पर्यटन उपाध्यक्ष समेत रहनु भएका दुलालका अनुसार यस अघि पर्यटकबाट कुनै पनि आम्दानी लिन नसकेको अवस्थामा पछिल्लो समय मासिक ५ देखि ६ हजार रुपयाँ आम्दानी हुन थालेको छ ।

झापा जिल्लामा १ दर्जन बढी सिमसार तथा पर्यटकीय क्षेत्रलाई सिगार्ने काम बर्षेनी हुँदै आएको छ । पर्यटन लक्षित सिमसार क्षेत्र संरक्षणले पर्यावरणमा समेत टेवा पुग्न थालेको स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा सुजुकीको सो रुम संचालनमा
Next post सुपारी खेती बढ्दैः याे बर्ष झापामा ५ लाख विरुवा विक्री तर बजारिकरणको समस्या हट्न सकेन (फाेटाे फिचर)