१६ भदौ २०८०/झापा
लामो समय पछि यस बर्ष अलैंचीको मुल्य ह्वात्तै बढेको छ । गत बर्ष ४० देखि ४५ हजार प्रति मन सुख्खा अलैंची विक्री भएको थियो । यो बर्ष नयाँ अलैंची निस्कन थालेसँगै शुरुको मुल्य ७० हजार प्रति मनसम्म खरिद विक्री भएको विर्तामोडका अलैंची व्यवसायी दिनेश प्रसाद ढुङगेलले बताउनु भयो ।
ढुङगेलका अनुसार यो बर्ष अलैंचीको उत्पादनमा गिरावट आएको कारण र नेपालमा भएका अलैंची अधिक मात्रमा भारत निर्यात भईसकेकाले पनि मुल्य बढेको बताउनु भयो । अघिल्लो बर्षको तुलनामा यो बर्ष प्रतिमन ३० देखि ४० प्रतिशतसम्म बृद्धि भएको छ । यस बर्षको नयाँ अलैंची बजारमा आउन थालेको नेपाल अलैंची व्यवसायी संघ झापाले जानकारी दिएको छ । झापाको विर्तामोडमा देशका झण्डै ४० बढी जिल्लामा अलैंची संकलन हुँदै आएको छ । गत आर्थिक बर्ष मेची भन्सारबाट ८ अर्व २४ करोड मुल्यको अलैंची भारत निर्यात भएको थियो ।
