बाहुनडाँगी क्षेत्रका हात्तीबार विग्रदा समस्या पुनः हात्ती प्रवेश बढ्यो (फाेटाे फिचर)

१० असोज २०८०/डिकेश लामा

पूर्वी नेपालको सवै भन्दा धेरै हात्ती प्रभावित क्षेत्र झापाको बाहुनडाँगीमा हात्ती छेक्न लगाइएका तारहरु चुडिन थाले पछि समस्या भएको छ । हात्ती बारको रुपमा लगाइएको सोलार तार चुडिन थाले पछि हात्ती पसेर अन्नबाली सखाप पार्ने गरेको स्थानीयले गुनासो पोखेका छन् । बर्षौं देखि भारतबाट प्रवेश गर्ने जंगली हात्तीको आतंकबाट हैरान भएका बाहुनडाँगीबासीले केही बर्ष राहत महशुष गरे । तर पछिल्लो हात्ती छेक्नेबार कम्जोर बने पछि हात्तीले दुःख दिन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

६ बर्ष अघि निर्माण गरेका सोलार तारको बार विग्रन थालेको छ । बार विग्रन थाले पछि हात्तीको ठूलो हन्जा समेत प्रवेश गर्न थालेको डिभिजन बन कार्यालय झापाकी रेन्जर अञ्जना पुरीले बताउनु भयो । पुरीका अनुसार हात्ती कोरीडोर समेत निर्माण हुँदैछ । जंगली हात्तीको छुट्टै चरन क्षेत्र निर्माण गर्न सके मानव र हात्तीबीचको द्वन्द्व कम हुने बताउनु भयो ।

हात्तीले दुःख दिन थाले पछि किसानले धान खेत मासेर धानको सट्टा चिया खेती थालेका छन् । यस बर्ष मात्र धेरै किसानको धान सखाप बनाएको स्थानीय जेष्ठ नागरिक धनबहादुर पाख्रिनले बताउनु भयो । पाख्रिनका अनुसार तारबार नहुँदा भन्दा धेरै हात्ती रोकिएको छ । तर कतै तार बार कम्जोर भएकाले पछिल्लो समय पुनः हात्ती पसेर अन्नबाली नष्ट गर्न थालेको छ ।

नेपालकै सवै भन्दा धेरै हात्ती प्रवेश गर्ने इलाकाको रुपमा परिचित बाहुनडाँगीमा पुनः हात्ती प्रवेश गर्न थालेको छ । हात्तीका लागि लगाइएको बारको पुर्नमर्मत नहुँदा समस्या भएकाले यस तर्पm सरकारले चासो दिनु पर्ने स्थानीय अगुवाहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बस्ती बसेको ७ दशक पछि कन्काई नगरको वडा नं. १ र २ मा शुद्ध खानेपानी वितरणकाे तयारी
Next post डाक्टर भम्पा राईको बाटोले उब्जायो धेरै प्रश्नः राईको आत्माकथा विमोचन (फाेटाे फिचर)