डाक्टर भम्पा राईको बाटोले उब्जायो धेरै प्रश्नः राईको आत्माकथा विमोचन (फाेटाे फिचर)

११ असोज २०८०/डिकेश लामा
३ दशक समय शरणार्थी व्यतित गर्नु भएका भूटानी नेता डा. भम्पा राईको आत्मा कथा भम्पाः एक अडान अनेत प्रश्न नामक पुस्तक आज विमोचन भएको छ । भूटानी युवा लेखक विरेन मगरले लेख्नु भएको ३ सय ११ पेजको ८ खण्डको पुस्तकबारे नेपाली साहित्यकारले चर्चा परिचर्चा समेत गरिएको छ । भूटा पिपुल्स पार्टीका अध्यक्ष भूटानी नेता बलराम पौडेलको प्रमुख आथित्यमा भएको कार्याक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सुमित्रा वाङदेल ‘चेली’ कार्याक्रममा सभापति शिविर सचिव सन्चहाङ्ग सुब्बा, लेखक मगर, बीआरआरआरसीका कार्यबाहक अध्यक्ष लेखक तिलक राई, गोविन्द रिजाल र डा. राईका नातेदार सहितले सामुहिकरुपमा पुस्तक विमोचन गर्नु भएको छ ।

तेस्रो मुलुक पूनर्वास पछि स्थापना भएको संस्था ग्लोबल भूटनिज लिटेरेरी अर्गानाइजेशन, स्वीकारोक्ती लगायत ओमप्रकाश अधिकारीको सहयोगमा भएको कार्याक्रममा राईको पुस्तकबारे पत्रकार लेखक तिलक राई, प्राज्ञ चेली, पत्रकार देवेन्द्रराज भट्टराई, गोविन्द रिजाल लगायतले चर्चा गर्नु भएको छ । कार्याक्रममा बोल्दै साहित्कार चेलीले भूटानी नेता राई एउटा भूटानी इतिहासको सम्झना गर्न लायक फुल भएको बताउनु भयो । उहाँले राईले दिएको योगदानबारे पुस्तकले बोलेको कुरा भन्दा धेरै योगदान दिएको बताउनु भयो । पुस्तक पढे पछि राईले भूटानी राजनीति र समाजमा खेलेको भूमिकाबारे धेरै जानकारी हुने बताउनु भयो ।
यस्तै पत्रकार भट्टराईले डा. राईको शालिक र स्मृतिबारे अन्य काम गर्न स्थानीय सरकारले समेत चासो दिनु पर्ने बताउनु भयो ।

३० बर्ष जेल जीवन विताएका मगरलाई नगद सहित सम्मान


यस्तै कार्याक्रममा राजनैतिक बन्दीको रुपमा ३० बर्ष जेल जीवन विताएर भूटानी शरणार्थी शिविर आएका एक जना भूटानीलाई आर्थिक सहयोग सहित सम्मान गरिएको छ । ३० बर्ष ४ महिना पछि भूटानको केन्द्रिय कारागार चेम्गाङबाट छुटेका मधुकर मगरलाई भूटानी नेता पौडेल र शिविर सचीव सुब्बाले सम्मान सहित नगद २ लाख १२ हजार प्रदान गर्नु भएको छ ।
मगरलाई भूटानमा राजनैतिक कारण जेलमा परेकालाई छुटकारा गराउन पहल गर्ने अन्तराष्ट्रिय संस्था जीसीआरपीपीबीले संकलन गरेको नगद रकम प्रदान गरिएको कार्याक्रम संचालक लेखक दिल भूटानीले बताउनु भयो ।


भूटानी शरणार्थी शिविर व्यवस्थापनको आयोजनामा भएको कार्याक्रममा प्रथम भूटानी आइडल दावा तामाङ र ८ औं आइडल जंगबहादुर दर्जीले गीत समेत प्रस्तुत गर्नु भएको छ । डां राईले राजपरिवारका डाक्टर भएर पनि नेपाली भाषी भूटानीको खातिर देश छाडेर सँधै आफूलाई अभाव झेलेर समेत समाज र भूटानीहरुको राजनैतिक समस्याको दिर्घकालिन समस्या समाधान स्वदेश फिर्तीबारे गरिएको अडानले भूटानी माझ धेरै प्रश्न उव्जाएको कार्याक्रमका बक्ताहरुले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाहुनडाँगी क्षेत्रका हात्तीबार विग्रदा समस्या पुनः हात्ती प्रवेश बढ्यो (फाेटाे फिचर)
Next post छुरा प्रहारबाट दमक १ मा एक जना यूवाकाे मृत्यु