ग्रामिण खेल विकासमा चासोः प्रथम त्रिवेणी कपको खर्च सार्वजनिक

१२ असोज २०८०/सारासन्देश समाचार
ग्रामिण खेल विकासमा स्थानीय सरकारको भूमिका विषयमा आज अन्तकृया भएको छ । मोरङ्ग र इलामको सिमानामा पर्ने दमक वडा नं. ३ को त्रिवेणी यूवा क्लवले खेल विकास गर्न सरोकारवालाको भेला गरी अन्तकृया गरेका छन् । पूर्व खेलाडी, संचारकर्मी र जनप्रतिनिधीबीच भएको अन्तकृयाले क्लवले संचालन गरेको बालबालिकाका लागि फुटवल अभियानलाई थप निरन्तरता दिने र सो कार्यमा स्थानीय सरकारले समेत सहयोग गर्ने दमक नगरपालिका वडा नं. ३ का अध्यक्ष नविन बरालले बताउनु भयो । बरालले दमक नगरपालिकाले १ बर्ष अघि गरेको दमक गोल्डकपको आयव्यय सार्वजनिक गर्न नसकिरहेको अवस्था युवा पुस्ताले ग्रामिण क्षेत्रमा गरेको खेलको पारदर्शिता देखाउनु प्रशंसनीय भएको बताउनु भयो ।


कार्याक्रममा नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामा, पत्रकार मंच दमकमा अध्यक्ष कमन देवानले खेलको विकास गर्ने हो भने जरै देखि गर्नु पर्ने भएकाले बालबालिकाहरुलाई लक्षित गरी तालिम र अभ्यास गराउने नीति तथा कार्याक्रम नै बनाउन स्थानीय सरकारका प्रतिनिधिलाई सुझाव दिएका छन् ।


कार्याक्रममा गएको भदौ महिना सम्पन्न प्रथम त्रिवेणी कप २०८० को खर्च समेत सार्वजनिक गरिएको छ । आन्तरिक लेखा परिक्षकका संयोजक किसान राईले कप संचालनमा ५ लाख ९३ हजार २ सय २४ आय र ४ लाख ९६ हजार ४ सय ६५ को व्यय भएको बताउनु भयो । खेल खेलाएर बचेको ९६ हजार रुपयाँले पछिल्लो समय खेलमा सहभागी हुने र खेल अभ्यास लगायतमा खर्च गर्दै आएको क्वलका सचिव विरेन्द्र सुब्बाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post छुरा प्रहारबाट दमक १ मा एक जना यूवाकाे मृत्यु
Next post गिरीबन्धु टी–स्टेटमा भएकाे भ्रष्टचार छानविनकाे माग राख्दै विर्तामाेडमा र्याली प्रर्दशन (फाेटाे फिचर)