छुरा प्रहारबाट दमक १ मा एक जना यूवाकाे मृत्यु

१२ असोज २०८०/झापा

झापाको दमक १ मा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिका वडा नं. ३ का ३८ बर्षीय गोविन्द लिम्बु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज विहान होटलमा खाजा खाँदा विवाद भए पछि झगडा हुँदा छुरा प्रहार भएको बताइएको छ । घटनाबारे छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरिक्षक खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।

दमकमा यस अघि पनि यस्ता छुरा प्रहारका घटना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post डाक्टर भम्पा राईको बाटोले उब्जायो धेरै प्रश्नः राईको आत्माकथा विमोचन (फाेटाे फिचर)
Next post ग्रामिण खेल विकासमा चासोः प्रथम त्रिवेणी कपको खर्च सार्वजनिक