इजरायलमा हमासको आक्रमणमा परी ९ जना नेपाली विधार्थी घाइतेः १२ जना सम्पर्कविहीन

२१ असाेज २०८०, सारासन्देश समाचार– दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी घाइते भएका ९ जना नेपाली विद्यार्थी घाइते भएका छन् । जस मध्ये ३ जनालाई अस्पताल लगिएको छ । यस्तै १२ जनासँग भने सर्म्पक हुन सकेकाे छैन ।

तेलअविवस्थित नेपाली दूतावासका अनुसार किवुज अलुमिनमा फसेका १७ जना नेपाली विद्यार्थीमध्ये दुईजनासँग मात्रै नियमित सर्म्पक भइरहेको छ । ‘त्यहाँ कृषि फार्ममा १७ जना विद्यार्थी थिए । शनिबार बिहानको आक्रमण पछि भागदौड हुँदा उनीहरु दुई समूहमा बाँडिएका थिए । एउटा बंकरमा रहेका दुई जनासँग नियमित सर्म्पक भइरहेको छ । दुई जनामध्ये एकजनाको घुँडामा गोली लागेको अवस्था छ । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले कान्तिपुरसँग भने, ‘अर्को बंकरमा रहेका मध्ये तीन जनालाई अस्पताल लगिएको छ । अस्पतालमा लगिएको तीन जनामध्ये एकजनालाई आईसीयूमा राखिएको छ । एक जना डिस्चार्ज हुने तयारीमा छन् । शनिबार दिउँसोबाट १२ जनासँग भने दूतावासको सर्म्पक स्थापित हुन नसकेकाे बताइएकाे छ ।

सम्पर्कविहीन बनेकाहरूकाे खाेजी कार्य भइरहेकाे छ । गाजा क्षेत्रबाट नजिक रहेको यो ठाउँ हमास लडाकुहरुको नियन्त्रणमा छ । ती विद्यार्थीहरु शनिबार बिहान ६ देखि ७ बजेको बीचमा रकेट आक्रमणमा परेका थिए । जसमा ९ जना घाइते भएको सूचना दूतावास र साथीहरुले पाएका थिए ।

गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा ४९ नेपाली विद्यार्थीहरु पुगेका थिए । जसमध्ये ११ जना छात्रा छन् । उनीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् । यो क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ । ३२ जना कृषि विद्याथीहरु भने विभिन्न कृषि फार्ममा रहेको बंकरमा सुरक्षित छन् । उनीहरुको नेपाली दूतावास र गैरआवासीय नेपाली संघसँग सर्म्पक भइरहेको बताइएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काेशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा
Next post गाउँले प्रतिभाकाे उपलब्धीः फाकफोकथुमे मोक्तानकाे डेब्यु आधार खोज्दा खोज्दै (अन्तर्वाता सहित)