गाउँले प्रतिभाकाे उपलब्धीः फाकफोकथुमे मोक्तानकाे डेब्यु आधार खोज्दा खोज्दै (अन्तर्वाता सहित)

२१ असोज २०८०/सारासन्देश समाचार
फाकफोकथुम गाउँपालिका वडा नं. १ का युवा दिलेन्द्र मोक्तानले पहिलो पटक गीत रेकडिङ गर्नु भएको छ । गाउँघरमा घाँस दाउरा गर्दा गर्दै अरुको गीत सुनेर आफै गीत गाउँन थाल्नु भएको थियो । झण्डै १ दशक देखि गाउँघरमा दिलेन्द्रले पनि गीत गाउँछ भन्ने कुरा थाहा पाउन थाले ।
गाउँघरमा गीत गुन्गुनाउने मोक्तानले पछिल्लो समय पहिलो गीत सार्वजनिक गर्ने अवसर पाएका छन् । अमेरिकामा बस्दै आउनु भएका साहित्यनुरागी दिल खड्काको शव्द र सहयोगमा आधार खोज्दा खोज्दै भन्ने बोलको गीत यूट्युव मार्फत सार्वजनिक गरिएको छ ।

जीटुजी मिडिया नामक यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको गीत कस्तो हुन्छ भन्ने कुरा विस्तारै थाहा हुने नव गायक मोक्तानले बताउनु भयो । उहाँ भन्नु हुन्छ, ‘जीवनमा पहिलो पटक स्टुडियोमा गीत गाउँने मौका पाउँदा आफूलाई धेरै खुशी लागेको छ ।’
‘राम्रो स्वर सुनेर अपरिचत व्यक्ति दिल खड्काले मलाई विश्वास गरी गीत गाउने अवसर देखि सम्पूर्ण खर्च व्यवस्थापन गरेर यो मौका दिनु भएको प्रति म उहाँलाई हृद्धयबाट नै धन्यवाद दिन चाहान्छु ।’ अमेरिकामा रहनु हुने स्रजक खड्काको साथ सहयोग रहे फेरि पनि अन्य गीत गाउँने उहाँले बताउनु भयो ।
गायक मोक्तानसँग सारासन्देश यूट्युब च्यानल मार्फत संचालन हुने जम्काभेट कार्याक्रमको कुराकानी हेर्नका लागि तलको लिंक थिच्नुहोस ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post इजरायलमा हमासको आक्रमणमा परी ९ जना नेपाली विधार्थी घाइतेः १२ जना सम्पर्कविहीन
Next post इजरायलमा निधन भएका विधार्थीको सम्मानमा भोलि राष्ट्रिय शोकको घोषणाः बङ्करमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद