९६ बर्षीय दलबहादुर कार्कीकाे अनुभवः नेपालका नेताले नै बेचे भुटानीलाई (भिडियाे कथा)

१३ कार्तिक २०८०, डिकेश लामा–झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा बसोवास गर्दै आउनु भएका ९६ बर्षीय दलबहादुर कार्कीलाई अझै भुटान फर्कने आशा छ । तर शरणार्थी शिविरमा बसोवास गरेको ३३ बर्ष वितिसक्दा कतै भुटान जान पाइदैंन कि भन्ने लाग्न थालेको छ ।
शुरुमा माइधारमा बस्दा पाएको दुःख देखि भुटानमा के के भयो भन्ने विषयमा उहाँलाई धेरै थाहा छ । उहाँसँग सारासन्देश तर्फबाट सम्पादक डिकेश लामाले गरेको कुराकानी ।
महासुर क्षेत्रीः भुटानी प्रजातान्त्रिक आन्दोलनका हस्ती गर्जमान गुरुङ्ग र भरत राईसम्मलाई भेट्ने भुटानी अगुवा कार्की जो अहिले पनि भूटानी शरणार्थी शिविर वेलडाँगीमा जिवितै हुनु हुन्छ । ६ भाइ छाेरा ४ भाइ छाेरीकाे धनी उहाँकाे जेठी छाेरीकाे उमेर अहिले ७५ बर्ष पुगेकाे उहाँले बताउनु भयाे ।

छाेरा साइला अक्कलबहादुर कार्कीसँग बस्दै अाउुन भएकाे छ । ६० बर्षीय छाेरा केही लजालु स्वभावकाे हुनु हुन्छ । उहाँकाे बुवा ९६ बर्षीय कार्कीले गरेका कतिपय कुराकानीहरु बृद्धाअवस्थाका कारण केही कमिकम्जोरी समेत हुन सक्छ । तर धेरै कुराहरु उहाँले नै भोगेर आउनु भएको हो ।


नेपाल भूटान र भारतमा प्रजातान्त्रिक आन्दोलन इतिहासमा एकसाथ भएको पाइन्छ । भुटानमा सवैभन्दा पहिलो गर्जमान गुरुङ्गले प्रजातन्त्रको कुरा उठाएकाले उहाँको भुटानी सरकारबाट हत्या गरिएको हो ।
त्यसपछि सन् १९५० ताका महासुर क्षेत्री खास नाम महेश्वर क्षेत्रको छालाको धोक्रोमा हालेर हत्या गरिएको छ ।
यस विषयमा दलबहादुर कार्कीसँगकाे कुराकानी सारासन्देशकाे यूट्युब च्यानलमा हेर्न सक्नु हुनेछ ।

तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रुख नहटाउँदा मदन भण्डारी मार्ग निर्माणमा अवरोधः २४ किलो मिटर क्षेत्रका रुख हटाउँन सरकारबाट ढिलासुस्ती हुँदा समस्या (फाेटाे फिचर)
Next post राष्ट्रसंघको ध्यानाकर्षणका लागि शरणार्थीले प्रदर्शन गरे बृहत र्याली (भिडियाे कथा)