राष्ट्रसंघको ध्यानाकर्षणका लागि शरणार्थीले प्रदर्शन गरे बृहत र्याली (भिडियाे कथा)

शरणार्थी समस्या दिर्घकालीनरूपमा समाधान गर्न माग


१३ कार्तिक २०८०/डिकेश लामा
कुनै दिन शरणार्थी शिविरमा यसरी नै नाराबाजी र र्याली निकाल्नेक्रम व्यापक हुने गथ्र्यो । भुटानी शरणार्थीहरुले आफ्ना समस्याबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराउन धेरैजसो यसरी पर्दशनमा उत्रने गर्दथे भूटानी शरणार्थीहरु । तर विस्तारै २००८ साल देखि तेस्रो मुलुक लान थाले पछि २०१८ सम्म आइपुग्दा एक लाख बढी भूटानीहरु तेस्रोे मुलुक पुगे पछि शिविरमा जनसंख्या पातालिँदै गयो । तर अचानक झापाको वेलडाँगी शरणार्थी शिविरमा एक दशक पछि पुनः नाराबाजी सहित र्याली प्रदर्शन गरिएको छ । सँयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपालको ३ दिने भ्रमणको क्रममा रहनु भएको मौकामा राष्ट्रसंघको ध्यानाकर्षण गराउँदै शरणार्थी समस्याको दिर्घकालीन समाधानको माग गर्दै र्याली निकालिएको छ ।
झापाको वेलडाँगी शिविरमा रहेका शरणार्थीहरुले उनीहरुको समस्या समाधानको माग गर्दै आज नाराबाजी सहित र्याली निकालेका छन् । सँयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा रहनु भएको वेला राष्ट्रसंघको ध्यानाकर्षणका लागि शान्तिपूर्ण र्याली प्रदर्शन गरिएको शरणार्थी वस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ्ग सुब्बाले बताउनु भयो ।
र्याली पछि सभामा बोल्दै शिविर सचिव सुब्बाले बाँकी रहेको साढे ६ हजार शरणार्थीको स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन र परिचय पत्र नहुनेको समस्या समाधानमा सरोकारवाला देशहरुबाट तत्काल सुनवाई गराउँन राष्ट्रसंघले पहल गर्न माग गर्नु भएको छ ।

सयौंका संख्यामा निकालिएको र्यालीले मानव अधिकारको सम्मान गर, शरणार्थी समस्याको दिर्घकालीनरुपमा समाधान गर लगायतका नाराबाजी गरिएको छ । ३ दशक देखि पूर्वी नेपालको ७ वटा शिविरमा बस्दै आएका १ लाख बढी भूटानी शरणार्थीहरु मध्ये हालसम्म १ लाख १५ हजार बढी विश्वका अमेरिका सहित ८ वटा विकसित मुलुकमा पुनर्वास भएका छन् । पहिले संख्या धेरै हुँदा जति समस्या थियो अहिले संख्या घटे पछि त्यतिकै समस्या बढ्दै गएको छ ।
कार्यक्रममा भूटानी शरणार्थी शिविरमा रहेका दर्जन बढी संघसंस्थाले सहभागतिा जनाएका छन् । ३२ बर्ष देखि प्रवासमा बस्दै आएका भूटानी शरणार्थीको समस्या दिर्घकालीनरुपमा समाधान गर्न नेपाल, भुटान, भारत सहितको देशले पहल गर्न गराउन संयुक्त राष्ट्रसंघले तत्काल कदम चाल्न भूटानी शरणार्थीले माग गरेका छन् ।

भिडियाे कथा हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ९६ बर्षीय दलबहादुर कार्कीकाे अनुभवः नेपालका नेताले नै बेचे भुटानीलाई (भिडियाे कथा)
Next post sp5der 555 Hoodies in Music Videos Fashion Statements on Screen