माङसेबुङले बाढ्यो जग्गाको निसाः ९० बर्षीय बृद्धाले थाप्नु भयाे पहिलो निसा (फाेटाे फिचर)

१९ कार्तिक २०८०/डिकेश लामा
४० बर्ष देखि चुरे क्षेत्रमा पर्ने माङसेबुङ गाउँपालिका वडा नं.४ मा बस्ने अनन्तमाया लिम्बुले ९० बर्षको उमेर जग्गा धनीपूर्जा पाउने भए पछि जिन्दगीमै सवै भन्दा धेरै खुशी लागेको बताउनु भयो । धनी पूर्जा पाउने भए पछि झण्डै २ घण्टाको बाटो धाएर जग्गाको निसा लिन आउनु भएकी लिम्बुलाई जग्गाको निसा वितरणको समापन कार्याक्रममा पहिलो पटक आज निसा प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईको हातबाट निसा लिँदै ९० बर्षीय लिम्बुले औधी खुशी लागेको र आफू जिउँदै हुँदा भूमिहीन, सुकुम्बासी र आफू जस्तै बर्षौं देखि धनीपूर्जा विहीन भएकाले धनी पूर्जा पाएको हेर्न मन लागेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘अव भने धनीपूर्जा पाइन्छ भन्ने धेरै आशा पलाएको छ ।’
इलामको माङसेबुङ्ग गाउँपालिकाले आज एक कार्याक्रमबीच निसा वितरणको समापन कार्याक्रम एक औपचारिक कार्याक्रम गरी समापन गरेको छ । वडा नं. ४ को अध्यक्ष नविन लिम्बुको अध्यक्षता तथा पालिका अध्यक्ष हेमन्त राईको प्रमुख आथित्यमा भएको कार्याक्रममा ४ सय १३ जनालाई जग्गाको निसा वितरण गरिएको छ ।
पालिका स्तरका सर्व दलीय उपस्थितिमा गरिएको कार्याक्रममा बस्ती बसोवास भएको दशकौं पछि निसा प्राप्त गर्दा धेरैले संघीयताले जनतालाई दिएको खुशी प्रति धन्यवाद दिएका छन् । पालिकाका उपाध्यक्ष विनोद कुमार नेम्बाङ्गले २०३२ साल तिर तिरो तिर्ने पैसा नभएर माङसेबुङ बासीले धनीपुर्जा लिन नसकेको आर्थिक अभावको तितो अनुभव सुनाउनु भयो । उहाँले संघीय सरकारले पछिल्लो समय ल्याएको भूमिसम्बन्धीको ऐन र ऐन कार्यान्वयनले धेरै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई राहत पुगेको बताउनु भयो ।


यस्तै कार्याक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष राईले अव माङसेवुङलाई व्यवस्थित बसोवासको विकासशील गाउँ निर्माणमा आफूले काम गर्न थालेकाले चाँडै गाउँघरको विकास हुने बताउनु भयो । उहाँले अव माङसेवुङले स्थानीय उत्पादनमा जोड दिएर त्यसको प्रशोधन मार्फत बजारी करण समेत गरिने बताउनु भयो ।


पालिकाका कर्मचारी ओम प्रकाश खड्काले संचालन गर्नु भएको कार्याक्रममा कार्याक्रममा लेखा शाखा प्रमुख मञ्जु भट्टराईले सरकारले अव धेरै बर्ष पछि जनतालाई आफू मालिक हुने अवसर दिएको र यस्तो कार्यक्रममा सवैलाई सहभागी हुन आग्राह समेत गर्नु भयो । कार्यक्रममा दलित भूमिहीन ७, अव्यवस्थित बसोबासी २५९ र भूमिहीन १४७ जनालाई निसा वितरण गरिने पालिकाका प्रवक्ता सुसन राईले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भूकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १५७ पुग्याेः भूकम्पपीडितलाई एक करोड ५० लाख आर्थिक सहयोग गर्ने लुम्बिनी सरकारको निर्णय (फाेटाे फिचर)
Next post हमाशको आक्रमणमा परी मृत्यु भएका दुई विद्यार्थीको शव एक महिना पछि डोटी ल्याइपुर्याइयाे