0 0
Read Time:1 Minute, 23 Second

५ चैत २०७७, काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा पछिल्लो समय थप ५२ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७१ हजार ६ सय १० पुगेकाे छ । निको हुने दर भने ९८ दशमलव ५ प्रतिशत रहेको छ । यस्तै थप १ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार २ सय ५४ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ ।

अहिले देशभर एक हजार सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ५२ जना क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २२ लाख २७ हजार ५४७ को पिसिआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो समय कारोनाका कारण एक जनाको मृत्यु भएको छ । हालसम्मा ३ हजार १५ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *