मंगाेलकाे तेस्रो नगर अधिबेशन सम्पन्न


१२ बैशाख २०७८, झापा–
मंगोल नेशनल अर्गनाइजेसन मेची नगरको तेस्रो नगर अधिबेशन सम्पन्न भएकाे छ । अधिवेशनले सिनारा मेचेकाे अध्यक्षतामा २६ सदस्य मेची नगरसभा सर्बसहमतीले चयन गरेको छ ।
  मेची नगर पालिका १० स्थित पासाङ ल्हामु जेसिस प्रतिष्ठानको सभाहलमा सभाका संयोजक सागर दर्जीको अध्यक्षता भएकाे कार्याक्रमले लाेकतन्त्रकाे अधिकार र मान्यता सवै नागरिकमा पुग्नु पर्नेमा जाेड दिइएकाे छ । कार्याक्रममा प्रमुख आतिथि संगठनका केन्द्रीय सचिब सन्तोष तामाङले शनिबार परेकाे १५ औं लोकतन्त्र दिवसको शुभकामना दिनु भयाे । उहाँले लाेकतन्त्रमा मात्रै सवैकाे अधिकार सुनिश्चित हुने भएकाले यसकाे संरक्षणमा नेपाली जनता सवै लाग्नु पर्ने बताउनु भयाे । कार्याक्रममा अर्गनाइजेशनका प्रवक्ता दिलिप धिमाल, वरिष्ठ केन्द्रिय सदस्य शान्ति लाल धिमालले समेत लाेकतान्त्रिक अभ्यासका लागि अागामी चुनावीकाे तयारी थााल्नु पर्नेमा जाेड दिएका छन् ।

१५ औं लोकतन्त्र दिवसको अवसर पारेर सम्पन्न भएको नगर अधिबेशनमा केन्द्रीय सदस्यहरु सान बहादुर मेचे , श्याम लिम्बू , १ न प्रदेश अध्यक्ष भास्कर चाम्लिङ , सदस्य देब नारायण धिमाल,गण्डकी प्रदेश सभा सह सचिब अनिता थापा मगर , झापा अध्यक्ष लासिमहाङ लिम्बू ,भद्रपुर नगर अध्यक्ष जयन मगर , दमक नगर अध्यक्ष दिपेश राई , कमल गाउँ अध्यक्ष प्रेम लिम्बू र चुलाचुली गाउँ अध्यक्ष चन्द्र केरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको छ। अधिबेशनमा कलाकारहरुले विभिन्न नृत्यहरु समेत प्रस्तुत गरेका छन्। केन्द्र, प्रदेश, जिल्ला तथा गाउँ नगर सभाका पदाधिकारी र नेता कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे नगरका काेषाध्यक्ष किशाेर धिमालले जानकारी दिनु भयाे ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा निकाे हुने भन्दा ५ गुणा धेरै संक्रमित थपिन थाले
Next post पीयूकाे प्रश्नपत्र आउट गर्ने कर्मचारी सहित १० जना पक्राउ