पुराना काठे पुल विस्थापित हुँदैः पक्की पुल निर्माणले दुर्गम क्षेत्रका बासिन्दामा सहज

२० असार २०७८/डिकेश लामा

झापा-झापाको दक्षिण सीमावर्ती क्षेत्रमा पुराना काठ तथा बाँसको पुलहरु विस्थापित हुँदै जान थालेका छन् । जनप्रतिनिधि आए पछि बर्षातमा जोखिम हुने खोला तथा खोल्छीमा पुल तथा कल्भर्ट निर्माण भएसँगै बर्षौं देखि मानिसले भोग्दै आएको सास्ती हट्न थालेको स्थानीयले बताएका छन् । काठ र बाँसको पुल हटाएर पक्की पुल निर्माण गरेकाले बर्षौं देखिको हैरानी सधंैका लागि अन्त्य भएको गौरीगंज गाउँपालिका वडा नं. ४ का देवकुमार चौधरीले बताउनु भयो । चौधरीका अनुसार अझै पनि केही स्थानमा सानातिना फड्केहरु रहेका छन् । तर संघीय सरकार आए पछि धेरै विकास भएको उहाँले बताउनु भयो ।

दक्षिण भारतीय सीमावर्ती क्षेत्रका धेरै बासिन्दाहरु अझै पनि काठ र बाँसको पुलमा जोखिम मोेलेर यात्रा गर्न बाँध्य छन् । तर संघीय सरकार आएसँगै यस्ता जोखिमयुक्त काठ र बाँसको पुलहरु हटाउँदै लगिएको गौरीगंज गाउँपालिका वडा नं. ६ सीमा क्षेत्रका बासिन्दाले बताएका छन् ।

गौरीगंज गाउँपालिकाले २ दर्जन धेरै कल्र्भट र पुलहरु निर्माण गरिसकेको छ । पुराना जोखिम संरचना हटाउँदै नयाँ पक्की संरचना बनाउने काममा सम्पूर्ण राजनीतिक दलको सहयोगमा सफलता मिल्दै गएको पालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार धेरै काठ र बाँसको पुल हटे पनि शून्य भने हुन सकेका छैनन् । अझै पनि केही स्थानमा काठको पुल रहेकाले यसलाई हटाउने कार्यमा स्थानीय सरकार लागि परेको उहाँले बताउनु भयो ।

पुराना काठका पुलमा बर्षातमा हिड्दा धेरैले ज्यान समेत गुमाएका छन् । पक्की संरचना नहुँदा काठको पुल पटक पटक बगाउने समस्या छ । जोखिम कम गर्न धेरै काठको पुल विस्थापित गरी सकिएको हल्दिबारी गाऊँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताउनु भयो । लिङ्देनका अनुसार पालिकामा धेरै पुल विस्थापित गरिए पनि केही स्थानमा भने संरक्षण पनि गरिएका छन् । तथापि काठको पुल हटाउने अभियानमा आफूहरु सफल भएको उहाँले बताउनु भयो ।

झापा जिल्लामा भारतीय सीमासँग जोडिएका ६ वटा पालिकाको दक्षिणी भूभागमा धेरैजसो काठ र बाँसका पुलहरु निर्माण गरिएका छन् । तर विस्तारै यस्ता जोखिमयुक्त पुलहरु हटाउँदै पक्की पुल बनाउँदा धेरै सहज भएको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २५५२ निको, १६०३ संक्रमित
Next post नेपालमा आज २२११ निकाे हुँदा २६२२ संक्रमित