नेपालमा आज २५५२ निको, १६०३ संक्रमित

२० असार २०७८, काठमाडौँ — नेपालमा पछिल्लो समय २४ घण्टामा २ हजार ५ सय ५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख ९ हजार २ सय १८ पुगेको छ । यसैगरी २४ घण्टामा देशभर १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार विभिन्न जिल्लामा गरिएको ४ हजाार ८ सय ७६ पीसीआर परीक्षणमा १ हजार ४२ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ३ हजार २ सय ५६ एन्टिजेन परीक्षणमा ५ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल १ हजार ६ सय ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४४ हजार ६२२ पुगेको छ ।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय २५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रम ओलीको गृह नगर दमककाे गत बर्षकाे भन्दा २३ कराेड धेरै बजेटः नीति तथा कार्यक्रम पारित
Next post पुराना काठे पुल विस्थापित हुँदैः पक्की पुल निर्माणले दुर्गम क्षेत्रका बासिन्दामा सहज