नेपालमा आज २२११ निकाे हुँदा २६२२ संक्रमित

२१ असार २०७८, काठमाडौँ – नेपामा पछिल्लाे २४ घण्टामा २ हजार २ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख ११ हजार ४२९ पुगेको छ । यसैगरी २४ घण्टामा देशभर २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विभिन्न जिल्लामा गरिएको ७ हजाार ४ सय ९९ पीसीआर परीक्षणमा १ हजार ७ सय ४५ जनामा कोरोना पुष्टि भएको हो ।यसैगरी, ४ हजार २८ एन्टिजेन परीक्षणमा ८ सय ७७ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ६ सय २२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४६ हजार ३ सय ६७ पुगेको छ ।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २४८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पुराना काठे पुल विस्थापित हुँदैः पक्की पुल निर्माणले दुर्गम क्षेत्रका बासिन्दामा सहज
Next post युवती भण्डारीकाे हत्यारा पत्ता लगाउन माग गर्दै चितवनमा स्थानीयको विरोध प्रदर्शन