विश्वकाे तुलनामा नेपालमा पाँच गुणा थाेरैकाे मात्र मृत्यु

१ लाख ४१ हजारले जिते काेराेना

१८ कार्तिक २०७७, काठमाडौं– विश्वमा ३ प्रतिशत मानिसकाे काेराेनाबाट मृत्यु भइरहेकाे वेला नेपामा भने शून्य दशमलव ६ प्रतिशतकाे मात्र मृत्यु भएकाे छ । मंगलबारसम्म मृत्यु हुनेकाे संख्या एक हजार ४ जना पुगे पनि याे संख्या विश्वकाे तुलनामा ५ गुणा थाेरैकाे मात्र ज्यान गएकाे स्वास्थ्य मन्त्रालयकाे तथ्याङ्क रहेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २० जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ जना पुगेको हाे । तर दशैं लागे पछाडि संक्रमण बढे पनि संक्रमित भन्दा निकाे हुनेकाे संख्या धेरै रहेकाे छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४२ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ रहेको छ । नेपालमा निको हुनेको दर ७८.६ प्रतिशत रहेको छ ।

नेपालमा पहिलोपटक २०७६ साल माघ १० गते चीनको वुहानबाट फर्किएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएको झण्डै ४ महिनापछि जेठ ३ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

संक्रमणकाे संख्याकाे अाधारमा नेपाल विश्वकाे ३३ अाैं स्थानमा रहेकाे विश्व स्वास्थ्य संगठनकाे तथ्याङ्क छ । पहिलाे पटक भाइरस देखा परेकाे चीनमा हालसम्म ९२ हजार १५ जनामा काेराेना संक्रमण देखा परेकाे छ । पछिल्लाे २४ घण्टामा ६० जनामा देखा परेकाे छ भने एक जनाकाे पनि काेराेनाका कारण मृत्यु भएकाे छैन । तर चीनमा हालसम्म ४ हजार ७ सय ४७ जनाकाे ज्यान गएकाे विश्व स्वास्थ्य संगठनकाे अाजसम्मकाे विवरण रहेकाे छ । याे मृत्यु दर भनेकाे ५ दशमलव १५ प्रतिशत हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा संक्रमण भन्दा निकाे हुने धेरै बढ्दै, विश्वमा ९७ प्रतिशतले जिते काेराेना
Next post एक साताभित्र वीमा रकम भुक्तानी दिन अर्थ मन्त्री पाैडेलकाे निर्देशन