नेपालमा संक्रमण भन्दा निकाे हुने धेरै बढ्दै, विश्वमा ९७ प्रतिशतले जिते काेराेना

थप २४ काे मृत्यु

१७ कातिर्क २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ हजार ९ सय ३३ जना संक्रमित भएका छन् भने ३ हजार १ सय ५० जना डिस्चार्ज भएका छन् । विगत केही समय यता संक्रमण हुने भन्दा निकाे हुने धेरै हुन थालेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ४ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ रहेको छ । नेपालमा निको हुनेको दर ७८.२ प्रतिशत रहेको छ । विश्वमा भने पछिल्लाे समय ९७ प्रतिशत मानिसले काेराेनालाइ जितेकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । देशभर पछिल्लो २४ घण्टामा २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post संक्रमित भन्दा निकाे हुने बढ्दै, नेपालमा १ लाख ३४ हजारले जिते काेराेना
Next post विश्वकाे तुलनामा नेपालमा पाँच गुणा थाेरैकाे मात्र मृत्यु