0 0
Read Time:1 Minute, 18 Second

१८ कातिर्क २०७७, काठमाडौं– कोरोना बिमाको दाबी भुक्तानीमा भइरहेको ढिलाइबारे अर्थमन्त्री विष्णु पौडेल सहितकाे उच्च स्तरीय बैठकले एक साता भित्र भुक्तानी दिन लगाउने निर्णय गरेकाे छ ।

मन्त्री पौडेलले मंगलबार सरोकारवालाहरुलाई बोलाएर बिमा दाबी भुक्तानीलाई सरल र सहज बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसार कोरोना पोजिटिभ प्रमाणित भएको अवस्थामा बिमालेख बमोजिम प्रदान गरिने बिमांक रकम एक साताभित्र भुक्तानी गर्न गराउन त्यसको अनुगमन र समन्वय बिमा समितिले गर्नेछ । कोरोना बिमा दाबी भुक्तानीमा आएका गुनासो सम्बोधन गर्न सहयाेग कक्ष समेत सञ्चालन गरिने छ ।

बैठकमा अर्थमन्त्रीका सचिवहरु, बिमा समिति, नेपाल बिमक संघ लगायत जिम्मेवार पदाधिकारीहरूकाे उपस्थिती रहेकाे थियाे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *