0 0
Read Time:1 Minute, 21 Second

१९ कातिर्क २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ३ हजार ८ सय ४४ जना  निकाे भएका छन् भने ३ हजार ३ सय ९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार  अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४४८७८ रहेको छ । नेपालमा संक्रमणबाट निकाे हुनेकाे दर पछिल्लाे समय बढ्दै गएकाे छ । पछिल्लाे विवरण अनुसार नेपालमा निको हुनेको दर ७९.२ प्रतिशत रहेको छ । यस्तै पछिल्लाे २४ घण्टामा देशभर ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०३४ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *